शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शाहरुख खानले दुबईबाट पाए विशेष उपहार, संसारको सबैभन्दा अग्लो भवनमा छायो तस्बिर

मङ्गलबार, १८ कात्तिक २०७७, १६ : १०
मङ्गलबार, १८ कात्तिक २०७७

बलिउडका किङ खान शाहरुख खानले २ नोभेम्बरमा आफ्नो ५५ औं जन्मदिन मनाए । यो मौकामा उनका प्रशंसकले उनलाई जन्मदिनको बधाई दिए र विभिन्न अन्दाजमा उनको जन्मदिन मनाए । शाहरुखले सबै प्रशंसकलाई धन्यवाद भने । यसका लागि उनले आफ्नो सोसल मिडिया ह्यान्डलबाट एउटा भिडियो सेयर गरे । शाहरुख खान हाल दुबईमा छन् र उनले आफ्नो जन्मदिन परिवारसँग मनाए । यो मौकामा संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा शाहरुख खानको नाम र तस्बिरले जगमगायो ।

शाहरुखले लेखे भावुक पोस्टः

शाहरुखले यसको शानदार तस्बिर आफ्नो इन्स्टाग्राम ह्यान्डलमा साझा गरे । उनी त्यतिबेला आफैं त्यहाँ उपस्थित थिए । तस्बिर सोसल मिडियामा सेयर गरेर शाहरुख खानले एक पोस्ट लेखे, ‘संसारको सबैभन्दा ठूलो र अग्लो स्क्रिनमा आफूलाई हेर्दा रमाइलो लाग्यो । मेरा साथीले मलाई अर्को फिल्म अघि नै मलाई सबैभन्दा ठूलो पर्दामा स्थान दिए । धन्यवाद र प्रेम... मेरा बच्चा निकै प्रभावित भए र मलाई त यो देखेर प्रेम बस्यो ।’

करण जोहर पनि सँगै थिएः

बुर्ज खलिफामा शाहरुख खानको एउटा भिडियो पनि चलाइएको थियो । यो भिडियोमा शाहरुखको सबै रोमान्टिक अन्दाज देखाइएको थियो । शाहरुख खानको जन्मदिनको मौकामा करण जोहर पनि उनीहरुसँगै दुबईमा उपस्थित थिए । करण जोहरले पनि यो भिडियोलाई आफ्नो इन्स्टाग्राम अकान्टमा सेयर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप