शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा बसोबास गर्ने पूर्वभारतीय सैनिक तथा तिनका आश्रित परिवारले नेपाल मेडिसिटी अस्पतालबाट स्वास्थ्य उपचार सेवा पाउने

मङ्गलबार, १८ कात्तिक २०७७, १६ : ३९
मङ्गलबार, १८ कात्तिक २०७७

ललितपुर । नेपाल मेडिसिटी अस्पताल र भारत सरकारको रक्षा मन्त्रालय, कल्याणकारी विभाग अन्तर्गतको पूर्वसैनिकहरुको योगदानमा आधारित स्वास्थ्य उपचार कार्यक्रम (इसीएचएच) बीच सम्झौता सम्पन्न भएको छ । 

नेपालको पहिलो र एकमात्र अन्तर्राष्ट्रिय मान्यता एनएबीएच (नेशनल एक्रिडिटेसन फर हेल्थ एण्ड हेल्थ केयर प्रोभाइडर्स) प्राप्त नेपाल मेडिसिटी अस्पतालका कर्पोरेट विकास प्रमुख पंकज बाँस्कोटा र नेपाल स्थित भारतीय राजदुतावासका इसीएचएसका प्रमुख कर्णेल आभानिष चम्बाइलले कार्तिक १८ गते एक समारोहका बीच दुईपक्षिय सम्झौतामा हस्ताक्षर गरेका छन् । 

अब नेपालमा बसोबास गर्ने पूर्वभारतीय सैनिक तथा तिनका आश्रित परिवारहरुले इसीएचएस कार्यक्रम अन्तर्गत नेपाल मेडिसिटी अस्पतालबाट स्वास्थ्य उपचार सेवा प्राप्त गर्नेछन् । नेपाल स्थित भारतीय राजदुतावास अन्तर्गत रहेको इसीएचएस क्लिनिकबाट थप विशिष्ट र अति विशिष्ट उपचारका लागि नेपाल मेडिसिटीमा सिफारिश भई आउने छन् । 

कार्यक्रममा अस्पतालका मेडिकल सुपरीन्टेण्डेन्ट तथा हाडजोर्नी विशेषज्ञ डा. राज राणा तथा इसीएचएसका कर्णेल उदय विजय सगानीको उपस्थिति रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप