मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका : महामारीको नयाँ खतरनाक चरणमा प्रवेश गर्दै

ह्वाइट हाउस कोरोनाभाइरस कोअर्डिनेटरको चेतावनी
मङ्गलबार, १८ कात्तिक २०७७, १८ : २०
मङ्गलबार, १८ कात्तिक २०७७

Dr. Deborah L. Birx with President Trump during a White House news conference in July.Credit...Doug Mills/The New York Times

अमेरिकाको ह्वाइट हाउस कोरोनाभाइरस कोअर्डिनेटर डा. डेब्रोथ व्रिक्सले ‘महामारी नयाँ र खतरनाक चरणमा प्रवेश गरिरहेकोले त्यसका विरुद्ध अझ प्रभावकारी तरिकाहरु अपनाउनुपर्ने चेतावनी दिएका छन् ।

ह्वाइट हाउसका पदाधिकारीहरुलाई पठाएको एउटा गोप्य मेमोमा उनले सो कुराको चेतावनी दिएका हुन् । उनको यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोनाभाइरससम्बन्धी भनाइको विपरीत छ । राष्ट्रपति ट्रम्पले कोरोनाभाइरस कमजोर बन्दै र किनार लाग्दै गइरहेको बताउँदै आएका छन् ।

डा. ब्रिक्सले आफ्नो मेमोमा ट्रम्प र उनका सल्लाहकारहरुले कोरोनाभाइरसलाई नियन्त्रण गर्नेबारे पर्याप्त समय दिनुको सट्टा लकडाउनलाई कसरी पन्छाउने भन्ने कुरामा मात्रै बढी समय खर्चिइरहेकाे उल्लेख गरेका छन् ।

‘हामी अत्यन्तै चासो राख्नुपर्ने र महामारीको सबैभन्दा घातक चरणमा प्रवेश गरिरहेका छौं,’ डा. व्रिक्सले भनेका छन्, ‘यो लकडाउनबारे हैन, हामीले गत मार्च वा अप्रिलदेखि लडकडाउन पनि गरेका छैनौं । यो भनेको अहिलेसम्म लागू नगरिइरहिएको आक्रमक र सन्तुलित विधिका बारेमा हो ।’

त्यसो त विज्ञानका तथ्य र तर्कहरुलाई राजनीतिको बलमा पन्छाउँदै कोरोनाभाइरसका बारेमा अन्टसन्ट बोल्दै आएका राष्ट्रपति ट्रम्प वैज्ञानिक जगत‍्मा बदनाम छन् । कोरोनाभाइरसका सन्दर्भमा आफूसँग असहमत रहेकै कारण राष्ट्रपति ट्रम्पले आफ्ना शीर्षस्थ सल्लाहकार डा. एन्थोनी फाउचीलाई हटाउने चेतावनी पनि दिइसकेका छन् । ट्रम्पको विज्ञानविरोधी हर्कतहरुलाई प्रतिरोध नगरेको भन्दै वैज्ञानिक जगत्मा शीर्षस्थमध्येका एक मानिने एड्सविज्ञ डा. व्रिक्स आफैं पनि आलोचित छन् । त्यसले उनको मानसम्मानलाई नै घटाउने काम गरिरहेको आरोप लाग्ने गरेको छ । यस पृष्ठभूमिमा अहिले सार्वजनिक भएको उनको यो मेमोले नयाँ तरंग सिर्जना गर्ने पक्का छ ।

तथ्य र फोटो स्रोतः न्यूयोर्कटाइम्स  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप