शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई काँग्रेसको प्रश्न : वीर अस्पतालमा चिकित्सकहरुको सामुहिक राजीनामा किन ?

बुधबार, १९ कात्तिक २०७७, १७ : २०
बुधबार, १९ कात्तिक २०७७

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले वीर अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामाबारे सरकारको धारणा माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार ट्वीटरमार्फत वीर अस्पतालमा चिकित्सकहरुको सामुहिक राजीनामा किन भन्दै हेलो सरकारलाई मेनसन गरेका हुन् । चिकित्सकहरुका माग र भावना अविलम्ब सम्बोधन गर्न सरकारसँग उनको आग्रह छ ।

शर्माले सत्ताको युद्धबाट थोरै फुर्सद निकालेर महामारीविरुद्ध युद्ध लडिरहेकाहरुलाई सुन्न प्रधानमन्त्रीलाई पनि मेनसन गर्दै आग्रह गरेका छन् । उनले संसारले आजको युद्ध स्वास्थकर्मीहरुकै नेतृत्वमा जित्ने कुरा सरकारलाई स्मरण गराए ।

उनीहरूले आफ्ना मागहरु निरन्तर पेस गर्दा पनि पूरा नभएको भन्दै अस्पतालका निर्देशक डा. केदार सेन्चुरीसामु राजीनामा बुधबार बुझाएका थिए । अस्पतालले दसैँको भत्ता नदिएको, तलब दिँदा एकदिनको कटौती गरिएको, हप्ताको ९६ घण्टा काममा खटाइएको राजीनामा पत्रमा उल्लेख छ। काममा आवश्यक पर्ने स्वास्थ्य सामग्री पनि अस्पतालले पर्याप्त उपलब्ध नगरेको उनीहरूको गुनासो छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप