शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एक्साइडको ७४ एम्पियर नयाँ ब्याट्री बजारमा, अत्याधुनिक डिजेल तथा पेट्रोल कारहरुमा प्रयोग गर्न सकिने

बुधबार, १९ कात्तिक २०७७, १८ : १५
बुधबार, १९ कात्तिक २०७७

काठमाडौं । एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले ७४ एम्पियरको इपिक डिन (EPIQ DIN) ब्याट्री ७७ महिना वारेन्टीको साथ अत्याधुनिक गाडीहरुका लागि ल्याएको छ । 

सिप्रदी ट्रेडिङ्गअन्तर्गत एक्साइड ब्याट्री विभागका महाप्रबन्धक सुरेश कुमार तिवारीका अनुसार EPIQ DIN ब्याट्री उत्कृष्ट प्रविधिद्वारा निर्मित ब्याट्री हो । यसमा प्रयोग भएको पेन्टा एल्वोइले गर्दा ब्याट्रीमा लाग्ने खिया कम गरी ब्याट्रीको जीवन अवधि लामो बनाउँछ जसले गर्दा यो ब्याट्री अन्य ब्याट्रीहरुको तुलनामा बढी समयसम्म टिक्ने गर्दछ ।

यो इपिक डिन ७४ ब्याट्रीमा प्रयोग भएको विशेष पेस्टले गर्दा ब्याट्री टिक्ने अवधि बढाउने मात्र होइन छिटो चार्ज पनि हुने गर्दछ । इपिक डिन ७४ ब्याट्रीमा जडि़त डबल क्लाड पोलिथिलिन र ग्लास म्याट सेपरेशनले गर्दा धेरै नै भरपर्दो तथा लामो समय सम्म ब्याट्री टिक्ने तिवारीले बताए ।

इपिक डिन ७४ ब्याट्रीको राम्रो विशेषता भनेको वेट सेल्फ लाइफ हो । यो वेट सेल्फ लाइफ बढी हुने भएकोले छिटो डिस्चार्ज हुँदैन ।

सामान्यतया अटोमोटिभ ब्याट्रीहरु ३ महिनासम्म निष्क्रिय रुपले वा प्रयोग नगरिकन राख्यो भने ब्याट्री डिस्चार्ज हुने गर्दछ तर इपिक डिन ७४ ब्याट्री ६ महिनासम्म पनि प्रयोग नगरीकन राख्दा डिस्चार्ज हुँदैन । त्यसपछिको समयमा यदि ब्याट्री डिस्चार्ज भइहाले पनि यो ब्याट्री अन्य ब्राण्डको तुलनामा छिटो चार्ज हुन्छ । 

इपिक डिन ७४(EPIQ DIN)ब्याट्रि बिएमडब्लु, सेभ्रोलेट, टाटा, फोर्ड रेन्जर, ह्युनडाई, मर्सिडिज बेन्ज, निसान, रेनौल्ट, स्कोडा, भोक्सवागन, मित्सुबिशी जस्ता अत्याधुनिक डिजेल तथा पेट्रोल कारहरुमा प्रयोग गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप