ह्वाट्सपमा नयाँ फिचर, सात दिनमा आफैं गायब हुनेछ मेसेज
ह्वाट्सएपमा चाँडै नै तपाईंले ‘डिस्अपियरिङ मेसेज’ को नयाँ विकल्प पाउनुहुनेछ जसमार्फत् मेसेज पठाउने र मेसेजज प्राप्त गर्नेबीच भएको च्याट सात दिनमा आफसे आफ गायब हुनेछ ।
अर्थात् यदि तपाईंले यो विकल्प इनेबल गर्नुहुन्छ भने सात दिन पुरानो मेसेज आफैं हट्नेछ ।
फेसबुकको स्वामित्व रहेको यो एपमा संसारभरीका दुई अर्ब प्रयोगकर्ता छन् । फोटो वा भिडियोलाई सात दिनपछि पनि आफैंसँग राख्न चाहनेले पहिले नै यसको स्क्रिनसट लिएर राख्न सक्छन् वा त्यो फरवर्ड गर्न सक्छन् ।
अर्थात्, तपाईंले डिस्अपेयरिङ मेसेजको विकल्प चुनेता पनि पठाएका व्यक्तिले मेसेजलाई कतै सेभ गरेर राख्न भने सक्छ ।
यो नयाँ विशेषता यो वर्षको नोभेम्बरको अन्त्यसम्म देख्न सकिनेछ ।
एक ब्लगमा कम्पनीले भनेको छ, ‘मेसेज सात दिनमा एक्सपायर हुने विकल्पले तपाईंको कुराकानी परमानेन्ट छैन भनेर दिमागलाई शान्ति दिनेछ । ’
फेसबुकका संस्थापक मार्क जुकरबर्गले सन् २०१९ अप्रिलमा प्रयोगकर्तालाई थप गोपनियता प्रदान गर्नका लागि सोसल नेटवर्कमा थुप्रै परिवर्तन ल्याउने बचन दिएका थिए ।
उनीद्वारा प्रस्तावित परिवर्तनको विकल्पमा सामग्री असाध्यै कम समयसम्म सोसल नेटवर्कमा रहनु थियो । डिस्अपेयरि मेसेज यही विकल्पको हिस्सा हो । -बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह
-
सिद्धार्थ बैंकलाई ‘अन्तर–बैंक पुरुष फुटसल’को उपाधि
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा
-
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम
-
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
-
भारतीय प्रधानमन्त्री मोदी र राहुलको भाषणमाथि निर्वाचन आयोगको नोटिस