शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुशीलको ‘सुनन’मा आकाश र उषाको रोमान्स

शुक्रबार, २१ कात्तिक २०७७, १२ : १२
शुक्रबार, २१ कात्तिक २०७७

 काठमाडौं – गायक सुशील श्रेष्ठ ‘जुजु’को बिल्कुलै नयाँ म्युजिक भिडियो ‘सुनन’ सार्वजनिक भएको छ । प्रेमभाव बोकेको गीतमा शब्द सुशील श्रेष्ठ ‘जुजु’ र स्वर्गीय आशिष तामाङको रहेको छ ।

गीतमा स्वर्गीय आशिष तामाङले संगीत दिएका छन् । म्युजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र उषा उप्रेतीको प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोमा प्रकाश जिसीको समेत रहेको छ । 

सुदिप बरालको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको  भिडियो आचार्य गोपालले निर्देशन गरेका हुन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप