सलमान खान र शाहरुख खानको जोडीले पुनः पर्दामा कमाल देखाउने ? यो फिल्ममा देखिनेछन् सँगै
बलिउड इन्डष्ट्रिमा थुप्रै यस्ता जोडी छन् जसलाई धेरैले एकसाथ पर्दामा हेर्न चाहन्छन् र यो जोडीमा सलमान खान र शाहरुख खानको नाम पनि समावेश छ । आज पनि बलिउड प्रेमी सलमान खान र शाहरुख खानलाई एकसाथ पर्दामा हेर्न लालायित छन् । थुप्रै वर्षदेखिय दुबैले एकसाथ फिल्ममा अभिनय त गरेका छैनन् तर दुबैले एक अर्काको फिल्ममा क्यामियो गरेको भने देख्न सकिन्छ । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार अब यस्तै मौका जुरेको छ, दुबै हिरोलाई एउटै फिल्ममा देख्न पाइने भएको छ ।
शाहरुख खान सन् २०१८ मा रिलिज भएको फिल्मपछि कुनै पनि फिल्ममा देखिएका छैनन् । यद्यपि, फिल्मी क्षेत्रका जानकारले भने शाहरुख खानले दुई प्रोजेक्टमा काम गर्न सुरु गरिसकेको बताइएको छ । यसबारे कुनै आधिकारिक जानकारी भने उपलब्ध छेन । यस्तै जानकारीका अनुसार शाहरुख खान चाँडै नै फिल्म पठानमा देखिने भएका छन् । फिल्म पठानमा सलमान खान पनि शाहरुख खानसँग देखिने खबर भारतीय मिडियामा प्रकाशित छ ।
मुम्बई मिररको रिपोर्ट अनुसार सलमान खान र शाहरुख खान फिल्म पठानमा सँगै देखिने भएका छन् । सलमान खान शाहरुख खानको यो फिल्ममा क्यामियो गरिरहेको देखिनेछन् । यद्यपि, अहिले यो कुराको कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन । यो फिल्ममा शाहरुख खानसँग जोन इब्राहिम र दीपिका पादुकोण पनि देखिने खबर छ ।
सलमान खान शाहरुख खानको कुनै फिल्ममा देखिएको यो पहिलो पटक भने होइन । यसअघि सलमान खान शाहरुखको ‘कुछ कुछ होता हे’, ‘ओम शान्ति ओम’ मा देखिएका थिए जबकि सलमान खानको फिल्म हर दिल जो प्यार करेगा र ट्युबलाइटमा शाहरुख खानले पनि आफ्नो झलक देखाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजीनामा बुझाएका रास्वपाका ३ मन्त्रीले सोमबार पत्रकार सम्मेलन गर्ने
-
कर्णालीमा पहिलोपटक मिर्गौला प्रत्यारोपण
-
चीनमा ५ वटा सवारी साधन ठोक्किँदा १६ जनाको मृत्यु
-
रास्वपा सरकारबाट बाहिरिँदा के भन्छन् प्रमुख छ दलका नेताहरु ?
-
त्रिभुवन विश्वविद्यालयमा स्नातक तह चौथो वर्षका विद्यार्थीहरू किन भइरहेका छन् आन्दोलित ?
-
सडक दुर्घटनामा केन्यामा १४ जनाको मृत्यु