अभिनेता सोनुले लिए गरिब छात्रलाई इन्जिनियर बनाउने जिम्मेवारी
मुम्बई । अभिनेता सोनु सुदको सेवाको सिलसिला लगातार जारी नै रहेको छ । उनी जहिले पनि अरुको मद्दत गर्न तयार रहने गर्दछन् । जो उनको अगाडि हात फैल्याउँछन् । उनी त्यसलाई खुसी पार्ने गर्दछन् । हालै पनि अभिनेता सोनु युपीको एक केटा सुर्यप्रकाश यादवको मद्दतका लागि अगाडि आएका छन् । उनको पढाइको जिम्म्ेवारी सोनुले उठाएका छन् । सोनुको सहयोगबाट युपी देवरियाका प्रकाश इन्जिनियर बन्नेछन् ।
सुर्यप्रकाशले सोनुलाई ट्याग गरेर लेखेका थिए, ‘सर मेरो बुबा छैनन् । आमा गाउँमा आशा वर्कर हुन् । हाम्रो आर्थिक स्थिति ठिक छैन । परिवारको वार्षिक आए ४० हजार रहेको छ । युपी बोर्डको १० कक्षाको परीक्षामा ८८ र १२ औंमा ७६ प्रतिशत मेरो अंक रहेको छ । मलाई पढ्न मन लागेको छ । प्लिज मेरो मद्दत गर्नुस् ।’
सोनुले उनको जवाफमा लखेका थिए, ‘आमालाई भन्नु तपाइको छोरा इन्जिनियर बन्दैछ ।’ सोनुको यो जवाफलाई सबैले तारिफ गरेका छन् । उनका फ्यानले सामाजिक सञ्जालमार्फत प्रेम समेत वर्षाइरहेका छन् । यस अगाडि पनि सोनुले युपीकै एक केटी प्रतिभाको उपचार गराएका थिए । सोनुको मद्दतबाट उनी बर्षै पछि आफ्नो खुट्टामा उभिन सफल भएकी थिइन् । यसको अलवा उनले लाखौं मानिसलाई विभिन्न मद्दत समेत गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए
-
गण्डकी कार्यव्यवस्था परामर्श समितिकाे बैठक सुरु
-
गुलसनले नै लिए यूएईको तेस्रो विकेट
-
रूसी सेनामा रहेका नेपालीका परिवारद्वारा धर्ना सुरु (तस्बिरहरु)
-
वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैन : झलनाथ खनाल
-
नेपालमा सांस्कृतिक कूटनीति : जनसम्पर्क बढाउन महोत्सव र मेला