शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना संक्रमणको परीक्षण : के एन्टिजेन किट पिसिआरको विकल्प बन्न सक्छ ?

पिसिआरको तुलनामा छिटो र सस्तो एन्जीजेन किट, यसरी हुन्छ द्रुत परीक्षण
शनिबार, २२ कात्तिक २०७७, १० : ३५
शनिबार, २२ कात्तिक २०७७

देशभर कोरोना संक्रमण बढेसँगै परीक्षण गर्ने पिसिआर प्रविधि सबैतिर सहज र सर्वसुलभ छैन । यस्तो बेला छिटो र सस्तो रुपमा परीक्षणका लागि एन्टीजेन किट भरपर्दो भएको विज्ञहरुले बताएका छन् ।

एन्टीजेन किट कोरोना संक्रमण परीक्षणका लागि पिसिआरको विकल्पको रुपमा रहेको जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित बताउँछन् । यो पुरानो एन्टीबडी र्‍यापिडभन्दा फरक रहेको उनले बताए ।  भाइरसमा रहेको प्रोटिनको पहिचान गर्ने काम यो प्रविधिमा हुन्छ  । उनले भने– ‘पिसिआरले भाइरस भित्रको धागो पहिचान गर्छ भने यसले भाइरसको सतहमा रहेको प्रोटिनहरुलाई पहिचान गर्छ । पिसिआरले भाइरसको आरएनए पहिचान गर्छ भने आरडिटी एन्टीजेनले भाइरसको खोलको प्रोटिनलाई पहिचान गर्छ ।’

औषधीजन्य उपकरणका जानकार सविन श्रेष्ठ

देशभर नै कोरोना संक्रमण फैलिएको अहिले संकटपूर्ण अवस्थामा पिसिआर विधिबाट मात्र परीक्षण गर्न सम्भव हुने अवस्था छैन । यस्तो बेला सस्तो, सजिलो र भरपर्दो माध्यम एन्टीजेन किट हुनसक्ने औषधीजन्य उपकरणका जानकार सविन श्रेष्ठ बताउँछन् ।

देशभर नै कोरोना संक्रमण फैलिएको अहिले संकटपूर्ण अवस्थामा पिसिआर विधिबाट मात्र परीक्षण गर्न सम्भव हुने अवस्था छैन । यस्तो बेला सस्तो, सजिलो र भरपर्दो माध्यम एन्टीजेन किट हुनसक्ने औषधीजन्य उपकरणका जानकार सविन श्रेष्ठ बताउँछन् ।

उनले भने–‘यो विधिले संसारभर मान्यता प्राप्त गरिसकेको छ । हाल अमेरिका, दक्षिण कोरिया, जापान, भारत लगायतका देशहरुमा प्रयोग भइरहेको छ । नेपालमा पनि यसको प्रयोग बढाउने हो भने तुरुन्तै नतिजा थाहा पाएर बिरामीको उपचार थाल्न सकिन्छ ।’

सर्वोच्च अदालतले ‘कोरोना परीक्षणको शुल्क नलिनु’ भनेर आदेश दिएपनि सरकारी परीक्षण केन्द्रमा न्यूनतम २ हजार र निजी प्रयोगशालाहरुले ४ हजारसम्म शुल्क लिइरहेका छन् ।

पिसिआर महंगो भएकोले आम नागरिकमा पुग्न सकेको छैन । एकपटक मात्र परीक्षण गरेर नपुग्ने र शंका लाग्नासाथ फेरि अर्को हप्तामा गर्नुपर्ने हुन्छ । यस्तो बेला समय पनि लाग्ने, पैसा पनि लाग्ने हुन्छ । तुलनात्मक रुपमा पिसिआर परीक्षणको छिटो नतिजा निकाल्ने निजी प्रयोगशालाले कम्तिमा पनि ६ घण्टासम्म लगाउने गरेका छन् । सरकारी अस्पतालहरुले बढ्दो चापका कारण २ हप्तासम्म पनि लगाउने गरेका छन् । बढ्दो संक्रमणदर, सिमित पिसिआर ल्याव भएको बेला अहिले विकल्पको रुपमा एन्टीजेन किट प्रयोग बढाउनेबारे चर्चा सुरु भएको छ ।

जनस्वास्थ्यविद् डा. समिरमणि दीक्षित

एन्टीजेन किटबाट स्वाव लिएको १५ मिनेट भित्रमा नतिजा निकाल्न सकिने जनस्वास्थ्यविद् डा. समिरमणी दीक्षित बताउँछन् । उनले भने–‘एन्टीजेन किटबाट जति छिटो परीक्षण हुन्छ, त्यो समयभित्र पिसिआरले सक्दैन । पहिले आएको आरडिटी गलत ठाउँमा प्रयोग भयो र विवादित भयो । अहिले आउन लागेको चाहिँ एन्टीजीन परीक्षण हो । यो भनेको भाइरसको सतहमा बस्ने प्रोटिनलाई पहिचान गर्ने प्रविधि हो ।’

एन्टीजेन किटबाट स्वाव लिएको १५ मिनेट भित्रमा नतिजा निकाल्न सकिने जनस्वास्थ्यविद् डा. समिरमणि दीक्षित बताउँछन् । उनले भने–‘एन्टीजेन किटबाट जति छिटो परीक्षण हुन्छ, त्यो समयभित्र पिसिआरले सक्दैन । पहिले आएको आरडिटी गलत ठाउँमा प्रयोग भयो र विवादित भयो । अहिले आउन लागेको चाहिँ एन्टीजीन परीक्षण हो । यो भनेको भाइरसको सतहमा बस्ने प्रोटिनलाई पहिचान गर्ने प्रविधि हो ।’

पिसिआर विधिबाट परीक्षणका लागि अत्याधुनिक ल्याबको आवश्यकता पर्ने, जनशक्ति पनि धेरै लाग्ने, ल्यावमा पिसिआर मेसिनका साथै रेफ्रिजेरेटर, एक्स्ट्रयाक्टर मेसिन लगायतका अन्य प्राविधिक सामग्रीको आवश्यकता पर्ने तर हातमै अटाउने एन्टीजेन किट निकै सहज र भरपर्दो हुने सविन श्रेष्ठ बताउँछन् ।

कोरोना संक्रमण परीक्षणका क्रममा पिसिआरले भाइरसको आरएनए पहिचान गर्छ भने आरडिटी एन्टीजेनले भाइरसको खोलको प्रोटिनलाई पहिचान गर्छ । जिनमा प्रोटिन भए भाइरस रहेको र प्रोटिन छैन भने भाइरस नभएको कुरा पत्ता लगाउँछ ।  यतिबेला अमेरिका, जापान, लगायतका देशहशरुमा यो किटबाट व्यापक परीक्षण भइरहेका डा.दीक्षितले उल्लेख गरे ।

रातोपाटीसँग कुरा गर्दै उनले भने– ‘यो किटको प्रभावकारितामाथि पनि प्रश्न गर्ने केही ठाउँहरु छ । यो नयाँ हो । यस प्रविधिमा पनि पिसिआरमा जस्तै केही राम्रा किट पनि छन्, केही नराम्रा किट पनि छन् ।  राम्रो किट पिसिआर जतिकै शक्तिशाली पनि छ । छिटो, छरितो र भरपर्दो हुने भएकोले नेपालको लागि अहिले राम्रो विकल्प हुन सक्छ ।’

पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ल्याव निर्माणका लागि ७० लाखदेखि १ करोड हाराहारीसम्म पर्ने हुन्छ तर यो विधिबाट परीक्षण गर्दा ल्यावको आवश्यकता नपर्ने भएकोले कम खर्चमै नतिजा निकाल्न सकिन्छ ।  यसको लागत पनि कम पर्न जान्छ ।

पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ल्याव निर्माणका लागि ७० लाखदेखि १ करोड हाराहारीसम्म पर्ने हुन्छ तर यो विधिबाट परीक्षण गर्दा ल्यावको आवश्यकता नपर्ने भएकोले कम खर्चमै नतिजा निकाल्न सकिन्छ ।  यसको लागत पनि कम पर्न जान्छ । यसको किट अन्तर्राष्ट्रिय बजारमा ४ डलरदेखि ८ डलरसम्म पर्न जाने हुन्छ । धेरै मात्रामा लिने हो भने कम मूल्यमा पनि लिन सकिन्छ । पिसिआर भन्दा आधा कम मूल्यमा कोरोना परीक्षण गर्न सकिने औषधीजन्य उपकरणका जानकार श्रेष्ठ बताउँछन् ।

न्यूनतम  १२ सय रुपैयाँमा एन्टीजेन किटबाट परीक्षण गर्न सकिने श्रेष्ठको भनाइ छ । ठूलो समूहमा, बस्ती बस्तीमा पुगेर पिसिआर कन्ट्रयाक ट्रेसिङ गर्न सम्भव नभएकोले यो विधिबाट देशका जुनसुकै स्थानमा पुगेर पनि परीक्षण गर्न सकिन्छ ।

एकै जनाले स्वाव संकलन र परीक्षण गर्न सक्ने भएकोले सीमित जनशक्तिले ठूलो क्षेत्रमा परीक्षण गर्न सकिने भएकोले नेपालको अहिलेको सन्र्दभमा यो कीट उपयोगी हुनसक्ने श्रेष्ठले बताए ।  अहिले नेपालमा दैनिक १० हजार पिसिआर परीक्षणको क्षमता भएको र संक्रमणदर बढिरहेको अवस्थामा पिसिआरको पहुँच नभएको क्षेत्रमा एन्टीजेन किटबाट परीक्षण गरेर त्यसमा पोजिटिभ रिपोर्ट आएमा थप पुनर्पुष्टिका लागि मात्र पिसिआर विधि प्रयोग गर्न सकिने उनको भनाइ छ ।

उनले भने– ‘पिसिआरबाट परीक्षणका लागि धेरै समय लाग्ने, स्वाव संकलनदेखि नतिजा निकाल्ने चरणसम्म त्रुटी हुन सक्ने सम्भावना र ठूलो समूहमा लैजान गाह्रो पर्ने पर्ने अवस्थामा यो किट भरपर्दो हुने विश्वास लिइएको छ ।’

जनस्वास्थ्यविद् डा. दीक्षितका अनुसार यो विधिबाट संक्रमितलाई संक्रमित हो भनेर पहिचान गर्ने ९७ प्रतिशतसम्म विश्वसनियता छ ।  उनले भने– ‘१ सय जना पोजिटिभ केश रहेकोमा ९७ जनालाई यसले पत्ता लगाउन सक्छ, ३ जना चाहिँ छुट्न सक्छ तर नेगेटिभलाई भने नेगेटिभ भन्ने सम्भावना चाहिँ शतप्रतिशत छ । पोजिटिभ केशमा परीक्षण गर्दा ३ प्रतिशत शंका गर्ने ठाउँ छ ।’

एन्टीजेन विधि पिसिआरको तुलनामा बराबर हाराहारी नभएपनि नेपालको सन्दर्भमा पिसिआरको राम्रोसँग अनुगमन नगर्ने हो भने यो राम्रो विकल्प हुने उनले बताए ।

कोरोना संक्रमण भए वा नभएको बारेमा तुरुन्तै थाहा पाइने, पिसिआरका लागि ठूलो मेसिनको पनि आवश्यक नपर्ने, देशको जुनसुकै ठाउँमा पनि सहज तरिकाले लान सकिने, चेकपोष्ट, भन्सार एयरपोर्ट लगायतका  कुनै पनि कार्यालयबाट सजिलै परीक्षण गर्न सकिने भएकोले अहिले यो किटको प्रयोगबारे चर्चा सुरु भएको छ ।

कोरोना संक्रमण भए वा नभएको बारेमा तुरुन्तै थाहा पाइने, पिसिआरका लागि ठूलो मेसिनको पनि आवश्यक नपर्ने, देशको जुनसुकै ठाउँमा पनि सहज तरिकाले लान सकिने, चेकपोष्ट, भन्सार एयरपोर्ट लगायतका  कुनै पनि कार्यालयबाट सजिलै परीक्षण गर्न सकिने भएकोले अहिले यो किटको प्रयोगबारे चर्चा सुरु भएको छ । नेपाली बजार पनि अहिले एन्टीजेन किट उपलब्ध हुन थालेको छ भने जापानमा रहेका सहयोगी नेपालीहरुले पनि यो किट उपलब्ध गराउने अभियान थालेका छन् । गैरआवासीय नेपाली संघ आइसीसीका मानार्थ परिषद सदस्य एवं समाजसेवी कपिलदेव थापाको पहलमा नेपालमा निःशुल्क १७ हजार एन्टीजेन किट आइपुगेको छ भने थप ३३ हजार थान किट पठाउने तयारी समेत थालिएको छ ।

यी हुन पिसिआर र एन्टीजेन किटबाट कोभिड परीक्षणमा हुने फरक 

०     पिसिआर परीक्षणका लागि एउटा छुट्टै ल्यावको आवश्यकता पर्छ । तर एन्टीजेन किटबाट परीक्षण गर्न ल्यावको आवश्यकता पर्दैन ।

०     पिसिआर विधिबाट परीक्षणका लागि स्वाव संकलन गर्ने, ल्यावमा परीक्षण गर्नका लागि धेरै जनशक्ति लाग्छ तर एन्टीजेन कटिबाट परीक्षण गर्न धेरै जनशक्ति लाग्दैन । एकैजनाले परीक्षण गरेर नतिजा दिन सक्छन् । 

०    पिसिआरका लागि महंगो प्रविधि आवश्यक पर्छ तर एन्टीजेन किटका लागि आवश्यक पर्दैन ।

०    पिसिआर परीक्षणबाट नतिजा निकाल्न धेरै समय लाग्छ तर एन्टीजेन किटबाट ३० मिनेटभित्रमा नतिजा निकाल्न सकिन्छ ।

०   पिसिआर परीक्षण शुल्क एन्टीजेन किटबाट गरिने परीक्षण भन्दा निकै महंगो हुन्छ ।

०    पिसिआर प्रविधिबाट परीक्षण गर्नका लागि लाग्ने समय, जनशक्ति र खर्चको तुलनामा  एन्टीजेन किटको माध्यमबाट कोरोना परीक्षण गर्दा तुलनात्मक रुपमा सस्तो पर्छ ।

सरकारले पिसिआर विधिका अलवा एन्टीजेन किटमार्फत पनि कोरोना परीक्षणको अनुमति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले एन्टीजेन किटबाट परीक्षण गर्ने कुरा मन्त्रालयको गाइडलाइनमै उल्लेख गरिएको र यो विधीबाट पनि गर्न अनुमति दिइएको जानकारी दिए । न्यूनतम शुल्कमा धेरै भीडभाड हुने क्षेत्रमा खटिने ब्यक्ति, ब्यापक रुपमा कोरोना फैलिएको क्षेत्रमा एन्टीजेन किटबाट परीक्षण गरेर तुरुन्तै नजिता पाइने भएका कारण यसको प्रयोग गर्न माग बढिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप