बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भिभोको प्रिमियम स्मार्टफोन भी२० एसई नेपालमाः उत्कृष्ट क्यामेरा क्षमता र आर्कषक डिजाइन

आइतबार, २३ कात्तिक २०७७, १६ : २७
आइतबार, २३ कात्तिक २०७७

काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्राण्ड भिभोले आजआफ्नो नयाँ भी२० सिरिजअन्तर्गतको नयाँ स्मार्टफोन भिभो भी२० एसई नेपाली बजारमा भित्राएको छ । 

भी२० सिरिज उत्कृष्ट क्यामेरा, आर्कषक डिजाइन र सशक्त प्रदर्शनीसहित बजारमा आएको छ । युवा पुस्ता र फेशनलाई ध्यानमा राख्नेहरुलाई लक्षित गरि भिभो भी२० एसई निर्माण गरिएको कम्पनीको भनाइ छ । 

भी२० एसईमा ३२ एमपी सुपर नाइट सेल्फी क्यामेराको साथमा औरा स्क्रिन लाइट रहेको छ जसले गर्दा प्रयोगकर्ताहरुले राती वा अध्यारोमा पनि स्पष्ट तस्बिरहरु लिन सक्नेछन् । यस स्मार्ट फोनमा रहेको स्लिक म्याजिक डिजाइनको साथमा ७.८३एमएम थ्रीडी बडीले ग्राहकहरुको जीवनशैलीलाई थप बढवा गर्दछ । यसमा रहेको ३३ डब्लु फ्ल्यास चार्ज क्षमताले ग्राहकहरुलाई दिनभरि स्मार्टफोन सेवालिन सक्षम बनाउँछ ।

भिभो नेपालका निर्देशक भन्छन्, “भिभोमा हामी सधैं ग्राहकहरुको आवश्यकताहरुलाई ध्यानमा राख्दै नयाँ तथा उपयोगी प्रविधिहरु ल्याउने कोसिस गर्छौ । ग्राहकहरुको आवश्यकताअनुरुप भी२० एसईमा उत्कृष्ट क्यामेरा प्रविधि, बेजोड प्रदर्शनीको साथमा किफायती मूल्यमा उपलब्ध रहेको छ । सेल्फी प्रेमी र नयाँ फोटोग्राफी ट्रेण्डहरुलाई ध्यानमा राख्दैँ ग्राहकहरुलाई हाम्रो उत्कृष्ट उत्पादनहरु प्रस्तुत गर्ने निरन्तर प्रयासको एक सफल उदाहरण हो नयाँ भी२० एसई स्मार्ट फोन ।”

सुपरनाइट मोड र सुपर वाइड एन्गलको साथमा उत्कृष्ट क्यामेरा

३२एमपी फ्रन्ट क्यामेरा भिभो भी२० एसईमा रहेको ३२एमपी सुपर नाइट सेल्फीले एकदमै थोरै प्रकाश भएको अध्याँरो स्थानमा पनि उत्कृष्ट तथा स्पष्ट विवरण रहेको तस्बिरहरु लिन सकिन्छ ।

सुपर नाइट सेल्फी: यस क्यामेरा मोडले रातको समयमा वा अध्यारो अवस्थामा स्पष्टता दिलाउन उत्कृष्ट इफेक्ट्स्हरु प्रदान गर्दछ । उक्त प्रविधिले अध्यारो स्थानहरुलाई उज्यालो बनाउँछ र हाइलाइटहरुमा ओभर एक्सपोजर घटाउँछ जसले गर्दा थप चमक, स्पष्टता र सन्तुलित सेल्फीहरु लिन सकिन्छ । अध्याँरो वातावरणमा सौन्दर्यमा थप निखार ल्याउन फेस ब्यूटी इफेक्ट्स्को पनि प्रयोग गर्न सकिन्छ । 

औरा स्क्रिन लाइट: भिभोको यस विशेष फिचरले रातको समयमा सेल्फीलिदाँ स्टुडियो स्तरिय लाइटिङप्रदानगर्दछ र बाहिरी र भित्रिवातावरणमा स्वचालित रुपमा समायोजित हुन्छ । त्यसैले, चाहे जति नै अध्याँरोमापनितपाई सहजरुपमा सेल्फीलिन सक्नुहुन्छ ।

मल्टी स्टाइल पोट्रेटः यस विशेषताले पहिल्यै तयार गरिएका फेसियल इन्हान्समेन्ट्स् र बोकेह इफेक्ट्स्हरु र मिल्दो कलर टोन र मेकअपको साथ प्रयोगकर्ताहरुको शैली श्रृंगारमा मद्दत गर्दछ । मात्र एक ट््यापको भरमा सामान्य सेल्फीलाई बेजोड कभर सट बनाउन सकिन्छ ।

एआइ फेस ब्यूटीः उक्त नयाँ अपडेटेड एआई फेस ब्यूटी फिचरले पाँच पक्षहरुमा काम गर्छ — स्किन कलर, टेक्सचर, कन्टोर, फेसियल फिचर्स र मेकअप । पुरुष अनुहारहरुको लागी अनुरुप अनुकलनको साथ, यसले पुरुषहरुलाई थप राम्रो देखाउन सकिन्छ ।

प्रोफेशनल पोट्रेटः यस मोडले फेस ब्यूटी र पोज मास्टर बोकेह इफेक्ट्स्लगायत विविध कलात्मक शैलीको सहयोगले आकर्षक व्यत्तित्व वा सेलिब्रिटि लुक दिन मद्दत गर्दछ । ४८एमपी रेयर क्यामेरा भिभो भी२० एसईमा रहेको ४८ एमपी एआई ट्रिपलले फोटोग्राफी प्रेमीहरुलाई आफ्नो शक्तिशाली फिचरहरुको सहायताबाट लोभलाग्दो र स्पष्ट तस्बिरहरु लिन सक्षम बनाउँछ । दिन देखि रात, ल्याण्डस्केप देखि पोट्रेट सबैमा निकै जिवन्त विवरणहरुका साथ कैद गर्न सकिन्छ । सुपर वाइड एङ्गल र सुपर म्याक्रो मोडको साथ क्षणहरुको तस्बिर वा भिडियो कैद गर्न थप रमाइलो र सहज हुन्छ ।

सुपर नाइट मोडः यस क्यामेरा मोडले रातको समयमा वा अध्यारो वातावरणमा स्पष्टता दिलाउन उत्कृष्ट इफेक्ट्स्हरु प्रदान गर्दछ । सुपर वाइड एङ्गलः उक्त ८एमपी सुपर वाइड एङ्गल क्यामेराले १२० डिग्री पानारोमीक भ्यानटेज प्रदान गर्दछ । जसले प्रयोगकर्ताहरुलाई थप ठूलो, फराकिलो दृश्यको आनन्द दिन्छ । 

सुपर म्याक्रोः आफुले खिच्न चाहेको विषयवस्तुको नजिक जानुहोस् —२.५से.मी. जति नजिक—र एक सम्पूर्ण लघु संसार खोलिएको हेर्नुहोस् । ओसका थोपाहरु, फूलहरुको पंखुडीहरु र लाखौं अन्य साना चमत्कारहरु अब तपाईको पहुँचभित्र छन् । 

अल्ट्रा स्टेबल भिडियो: यस फिचरले इआइएस डिटेक्सनको मार्फत भिडियो क्रप गरि रेकर्ड गर्दाको हलचलले भएको ब्लरिङ–धमिलोपना कम गर्दछ ।

भिडियो फेस ब्यूटीः यस फिचरमार्फत भिडियो रेकर्ड गर्दा ब्यूटी इफेक्ट््स् थप गर्न मिल्छ, जसले प्रयोगकर्ताहरुलाई सामाजिक सञ्जालहरुमा बेजोड भिडियो र तस्बिरहरु पोष्ट गर्न मद्दत गर्दछ ।

स्लिक म्याजिकल डिजाइन 

भी२० एसइले पातलो र आधुनिक डिजाइन, चमकदार र सुरुचिपूर्णका साथ लक्जरीलाई परिभाषित गर्दछ भने हजारौं विकसित जीवनशैलीलाई एकसाथ प्रभाव पार्दछ । यसको ७.८३ मीमी स्लिक डिजाइन र थ्रीडी बडीले गर्दा अन्य उपकरण भन्दा पृथक रुपमा देख्न सकिन्छ । यो उपकरण अत्यन्तै हलुका हुनाले हत्केलाले आरामसँग समात्न सकिने गरी डिजाइन गरीएको छ । यसको थ्रीडी बडी उच्च पोलिमर जस्ता सामाग्रीले निर्माण गरेको हुनाले आनन्ददायी, स्मुथ तथा प्रिमियम गुणस्तको आभास हुन्छ ।   

ग्र्याभिटी ब्ल्याक: डार्क ग्रेडियन्टले गर्दा यसलाई उत्कृष्ट टेक्नोलोजीको आभास दिलाउँछ । यो गहिरो ठाउँको शेडमा आधारीत छ, स्पेसटाइममा कन्टिन्युम सिर्जना गरी गुरुत्वाकर्षण मार्फत तपाइको हातमा ल्याउँदछ । 

अक्सिजन ब्लुः  स्फुर्तदायी हल्का निलो ग्रेडियन्ट आकाशमा विस्तारै बग्ने अक्सिजनबाट बनेको शुद्ध तरल हो । यसले विकिरणद्धारा ज्ञानवर्दक शान्तिलाई चमक तथा स्थिर बनाउँदछ । 

भिभो भी२० मा रहेको ६.४४ इन्च (१६.३७ सेमी) १०८० पिक्सेल एमोलिड, हलो फुल भ्यू डिस्प्ले जसले गर्दा जीवनको वास्तवीक रंग लेराउँदछ । यसमा रहेको ९०.१२५ बडी र स्क्रिनको अनुपातले गर्दा गर्वान्वीत गर्दछ ।  यसले समग्रमा १६ मिलियन भन्दा बढी अझ उत्कृष्ट चहकिलो स्पष्ट, विश्वसनीय र गतिशिल रङ्गहरु प्रदर्शन गर्न सक्छ, डिस्प्लेको चमक अटोरुपमा समायोजित गरीएको छ । यो तपाइको आँखाको लागि मृदु छ भने अधिकरुपमा सबै कुरा हेर्न सक्नुहुनेछ । यसमा डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानिङ जस्ता विशेषता पनि रहेको छ । 

भिभो भी२० एसई एक प्रिमियम फ्लागशिप उपकरण हो जुन आजको विकसित प्रयोगकर्ताहरुको लागि सौन्दर्य र डिजाइन पक्षहरुको साथसाथै शक्तिशालि प्रदर्शनलाई ध्यानमा राखेर निर्माण गरीएको छ । परिवर्तीत वातावरणलाई ध्यानमा राखेर यसमा केहि सुविधाहरु होसीयारीका साथ प्रयोगमा ल्याइएको छ 

प्रोसेसर र स्टोरेज: भी२० एसई कालकाम स्नेपड्रैगन टिएम ६६५ प्रोसेसरद्धारा संचालित हो, यसमा रहेको ८ जीबी र्याम र १२८ जीबी रोमले गर्दा एप्लिकेशन र गेमहरु उत्कृष्टरुपमा प्रदर्शन गर्दछ । 

व्याट्री: भी२० एसई, ४१०० एमएच व्याट्रीद्धारा ३३ वा फ्ल्यासचार्जको साथ समर्पित छ । कडा व्याट्री र फ्ल्यासचार्ज समर्थनको साथ प्रयोगकर्ताहरुले अधिक सुविधाजनक मोवाइलको अनुभव लिन सक्दछन् । आफैलाई विभिन्न परिदृष्यहरुमा रेकर्ड गर्न सक्दछन् भिभोको उन्नत ३३ वाट फ्ल्यासचार्ज टेक्नोलोजी अहिले ५० प्रतिशतले छिटो छ भने आठ सुरक्षाको साथ आउँदैछ । मात्र ३० मिनेटमा ६२ प्रतिशत रिचार्ज हुने तथा एक घण्टा भन्दा कम समयमा फुल चार्जको मज्जा लिन सकिने । 

मल्टि टर्बाे: यसमा मल्टी टर्बाे सुविधा टर्वाे टेक्नोलोजीको साथ अप्टिमाइज गरीएको छ , जसले भी२० एसईको समग्र प्रदर्शन बढाउँदछ ।  भिभो बहु टर्बाे सफ्टवेयर र हार्डवेयर अप्टिमेट गर्न प्रणाली स्तरमा काम गर्दछ । विस्तारीत गती, दक्षता र रणनिती प्रदान गर्दै यसमा एआई टर्बाे, नेट टर्बाे , खेल टर्बाे, कुलिङ टर्बाे, सेन्टर टर्बाे र एआरटी ++ टर्बाे समाबेश गरीएको छ । 

मेमोरी रिकलर: यो अनुपम सुविधाले प्रयोगकर्ताहरुलाई उनीहरुको पुरानो सम्झनाहरु पुन प्राप्त गर्न सहज बनाउदछ । यसमा उल्लेखनीय सुविधाले तुरुन्त धमिलो पुरानो फोटोहरुमा स्पष्टता पुनस्र्थापित गर्दछ  र स्मार्ट कलरिङ उपकरणको सहायताले कायाकल्प गराउदछ । 

उपलब्धता 
भि२० तपाईको नकिजकको बजारमा ८ नोभेम्बर २०२० बाट रु. ३९,९९९ मा उपलब्ध रहनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप