शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोको एम२ र पोको सी३ः ६.५३ फुल एचडी प्लस डिस्प्लेको साथै मिडियाटेक हेलियो जी८० अक्टा—कोर प्रोसेसर

आइतबार, २३ कात्तिक २०७७, १७ : ०५
आइतबार, २३ कात्तिक २०७७

काठमाडौं । स्मार्टफोन ब्राण्ड पोकोले नेपालमा दुईवटा नयाँ उपकरण–पोको एम२ र पोको सी३ सार्वजनिक गरेको छ । ब्राण्डले नेपालमा यो दोस्रो पटक आफ्नो उत्पादनहरु नेपालमा भित्र्याएको हो, यसभन्दा अगाडि सन् २०१८ मा पोको एफ १ सार्वजनिक गरिएको थियो ।  

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले पोकोले पहिलै मी फ्यानहरु र प्रयोगकर्ताहरुबाट निकै राम्रो प्रतिक्रिया पाएको र नेपालमा यी ब्राण्डका दुई नयाँ स्मार्टफोेनहरु सार्वजनिक गर्न पाउँदा उत्साहित भएको बताए । उनले पोकोमा स्वतन्त्रतापूर्वक निर्णय लिन र विकासको बाटोमा अघी बढिरहन केन्द्रित रहेको त्यसैले प्रयोगकर्ताहरुको छनौटका लागि शिर्ष विशेषताहरुका साथ पोको एम२ र पोको सी३ सार्वजनिक गरेको बताए । 

पोको एम२ -सुपर फास्ट ६ जीबी र्याम स्मार्टफोन
पोको एम२ मा मिडियाटेक हेलियो जी८० अक्टा—कोर प्रोसेसरका साथै २.०जीएचजेड मा दुई कोटेक्स—ए७५ र १.८ जीएचजेड मा छ कोटेक्स—ए५५ को साथ आउँदछ जसले पर्फमेन्स र दक्षताबीच सन्तुलन झल्काउँदछ । मिडियाटेक गेमिङ्ग विशेषताहरुका साथ पोको एम२ प्रयोगकर्ताले आर्कषक गेमिङ्गको आनन्द लिन सक्नेछन् । त्यसैगरी, ६ जीबी र्यामका साथ यो उत्कृष्ठ हुने कम्पनीको दावी छ ।

ग्राहकहरुलाई उच्चस्तरीय दृश्य अनुभव प्रदान गर्नको लागि, पोको एम२ मा ६.५३ इन्च पूर्ण एचडी प्लस डिस्प्ले, २३४०× १०८० रीजोलुशन र १९:५:९ को आकृति अनुपात पनि रहेको छ । साथै कर्निंग गोरिला ग्लास ३ ले स्क्रिनलाई आकस्मिक क्षति र स्क्र्याचबाट सुरक्षित राख्दछ । उक्त डिस्प्ले टीयूभी र्हेन्ल्याण्डबाट रिडिङ्ग मोडका लागि सर्टिफाइड पनि भएको छ । फ्रन्टमा नजिकै एड्ज—टु—एड्ज डिस्प्लेका साथ, पोको एम२ को रियमा फिंगरप्रिन्ट सेनसर छ जसले उपकरणलाई छिटो अनलकिङ्ग गर्न अनुमति दिन्छ । फोनको सुरक्षाको लागि पी२आई न्यानो कोटिङ्ग पनि छ जसले पोको एम२ लाई अनावश्यक स्प्ल्यास प्रतिरोधी बनाउँदछ । 

पोको एम२ मा क्वाड क्यामेराको विशेषता रहेको छ जसमा १३एमपी प्राइमरी सेन्सर, ८एमपी अल्ट्रा वाइड सेन्सर, ५एमपी म्याक्रो सेन्सर र २एमपी डेप्थ सेन्सर समावेश छ । ८ एमपी अल्ट्रा वाइड क्यामेराको साथ ११८ डिग्री फिल्ड भ्यू खिच्न र प्रयोगकर्ताहरुले आफ्ने दृश्य अवलोकनलाई विस्तार गर्दै ड्रामेटिक क्लोजअप शटहरु लिन सक्छन् । प्रयोगकर्ताले म्याक्रो क्यामेरामा रमाइलो भिडियोका लागि पूर्ण एचडी फूटेज लिन सक्छन् । पोको एम२ ५००० एमएएच बिल्ट—इन ब्याट्रीका साथ आउँदछ र लामो समयसम्म ब्याट्री ब्याकअपका लागि १८ वाट्ट फास्ट चार्जिंग (१० वाट इनबक्स) समर्थन गर्दछ ।

पोको सी ३– गेम चेन्जर 
टु—टोन डिजाइन अभिलक्षणका साथ पोको सी३ यस क्षेणीमा प्रयोगर्ताहरुलाई उत्तम तरिकाले फिट हुने स्मार्टफोन बनाउन आन्तरिकहरुको सन्तुलित सेटका साथ आउँदछ । पोको सी३ बजारमा उपलब्ध भएको सबैभन्दा सस्तो ट्रिपल क्यामेरा फोन पनि बनेको छ । पोको सी३ को ट्रिपल क्यामेरा सेटअपमा १३एमपी प्राइमरी सेन्सर, २एमपी म्याक्रो सेन्सर र १३एमपी डेप्थ सेन्सर पनि छ । डेप्थ सेन्सरले क्रिमी बोकेहका साथ क्रिस्प पोट्रेटहरु खिच्न मद्दत गर्छ,  म्याक्रो सेन्सरले रमाइला क्लोज अप शटहरु साथै ७२०पीमा म्याक्रो भिडियोहरु पनि शुट गर्ने क्षमता राख्दछ । 

५००० एमएएच उत्कृष्ट ब्याट्री प्रविधिका साथ प्रयोगकर्ताले फोन अझै लामो समयसम्म चल्ने अपेक्षा गर्न सक्छन् । पोको सी३ मिडियाटेक हेलियो जी ३५-८ कोर प्रोसेसरका साथ कोटेक्स - ए५३ कोरका साथ २.३ जीएचजेड सम्म क्लक गरिएको छ । ५००० एमएएच उच्च क्षमताको ब्याट्रीको साथ पोको सी३ ले पर्फमेन्स र दक्षतामा पनि सन्तुलन कायम गरेको छ । 

पोको सी३ मा प्रयोगकर्ताहरुले ६.५३ इन्च पूर्ण एचडी प्लस डिस्प्ले का साथ १६००×७२० रीसोलूशन र २०:९ को आकृति अनुपातको मज्जा उठाउन सक्नेछन् । फोनको सुरक्षाका लागि पी२आई न्यानो कोटिङ्ग पनि छ जस्ले पोको सी३ लाई अनावश्यक स्प्ल्यासबाट बचाउँछ ।  

मूल्य 

पोको एम२, ६जीबी+६४ जीबी स्टोरेज भेरियन्टमा रु. १८,९९९ मूल्यमा उपलब्ध हुनेछ । यो फोन ब्रिक रेड, पिच ब्ल्याक र स्लेट ब्लु कलरहरुमा उपलब्ध हुनेछ । पोको एम २ आर्कटिक ब्लु, लाइम ग्रीन र म्याट ब्ल्याक रङ्गहरुमा ४जीबी+६४जीबी स्टोरेज भेरियन्टमा रु १४,९९९ मूल्यमा उपलब्ध हुनेछ । यी सबै उपकरणहरु सबै आधिकारिक मी स्टोर र रिटेल पार्टनरहरुमा छिट्टै उपलब्ध हुनेछन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप