शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टीसीएल पी७१५ र पी६१५ एन्ड्रोइड टीभी नेपालमाः एचडीआर ७५ इन्च स्क्रिन, डब्ली अडियो सपोर्टसहित थुप्रै छन् विशेषता

आइतबार, २३ कात्तिक २०७७, १८ : १४
आइतबार, २३ कात्तिक २०७७

काठमाडौं । टीसीएल ब्राण्डका उपकरणको माग नेपालमा बढ्दो छ । अघिल्लो ३ वर्षको तुलनामा टीसीएल एलइडी टीभीको माग ५० प्रतिशतले बढेको छ । नेपालमा टीसीएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एसी, चेष्ट फ्रिजर, वाटर डिस्पेन्सर, लगायतका उपकरणहरु चौधरी गु्रप अन्तर्गत इ.ओ.एल. प्रा.ली मार्फत नेपाली बजारमा बिक्री हुने गर्छ । टीसीएलले नयाँ ४के स्मार्ट टीभी नेपालमा भित्र्याएको छ । 

टीसीएल ४के एन्ड्रोइड टीभी पूर्व सपित गरिएको ग्लोबल तथा स्थानिय एपसँगै आउँछ । यसले नयाँ पी७१५ र पी६१५ मध्यम दायराका टीभीका सेरिजहरु नेपालमा सुरु गरेको हो । यी सवै मोडेलहरुमा ४के रिजोलुशन स्क्रिन र एन्ड्रोइड टीभीको सफ्टवेर रहेको छ । टीसीएलले केही पी७१५ र पी६१५ सिरिजमा हुने विशेषताहरु उल्लेख गरेको छ । 

टीसीएल पी७१५ का विशेषताहरु 
कम्पनीकाअनुसार टेलिभिजनहरु आर्टिफिसियल इन्टेलिजेन्सद्वारा संचालित हुन्छन् र फार फिल्ड वोइस पनि पहिचान गर्नेछन् । पहिलो प्रविधिले कोठा वरिपरि भएका आवाजहरुको कमाण्ड समाउन चारबाट मोबाइल फोनको प्रयोग गर्छ । जसले गर्दा रिमोटको बटन प्रेस गर्ने जरुरत पर्दैन अथवा रिमोटमा आवाज दिनु पर्दैन । यो विशेषता पहिलेको टीसीएल टीभीमा समेत रहेको थियो । वोइस कमाण्ड दिन रुचाएका ग्राहकहरुलाई यो धेरै सहज हुने छ ।

यो ७५ इन्च स्क्रिन साइजमा उपलब्ध छ । प्राय एन्ड्रोइड टीभीद्वारा संचालित टीभीमा जस्तै यो टीभीको विशेषता गुगल एसिस्टेन्टसँग काम गर्नेछ । प्राय सबै टीभीहरु ४के हुन्छन् र सम्भवतः एन्ड्रोइड टीभीको पहिल्लो सस्करण ९पाईमा संचालित हुनेछन् । यसमा एचडीआर १० फरम्याटमा रहेको छ । ग्राहकले एप तथा गेम इन्स्टल  गर्न चाहेमा यस एन्ड्रोइड टीभीमा रहेको गुगल प्ले स्टोरले मद्दत गर्नेछ । टीभीका केही मोडेलहरु भिडियो कलका लागि पपअप क्यामेरासहित आएका छन् । र अडियो क्षमता बढाउनका लागि डब्ली अडियो सपोर्ट समेत टीसीएल पी७१५ टीभी सिरिजमा उपलब्ध छ । 

टीसीएल पी६१५ का विशेषताहरु 
यो ४३, ५० स्क्रिन साइजमा उपलब्ध छ । टीसीएल ४के एन्ड्रोइड टीभी पूर्व स्थापित गरिएका फराकिला दायराका ग्लोबल तथा स्थानीय एपसहरुसँगै आउछ । ४के एचडीआरसँग पी६१५ ले आश्चयजनक दृश्य अवलोकनको अनुभव प्रदान गर्छ । यसका कारण तस्विरहरुमा अचम्म लाग्दो चमक, मनमोहक रंगहरु र रिटेन्सन छन् ।

पी६१५ एन्ड्रोइड अपरेटिङ सिस्टमसँगै आउँछ जसअन्तर्गत भागका आधारमा फराकिलो दायराका मनोरञ्जन प्लेटफम उपलब्ध हुन्छन् । भने प्रयोगकर्ताले थप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सक्नेछन् । त्यसमा भएको क्रोमो कास्टमार्फत प्रयोगकताृहरुले आफ्नो कुनैपनि डिभाइसमा भएका फोटोहरु तथा भिडियोहरु टीभीमा प्रसारण गर्न सक्छन् । डाइनामिक कलर इन्ह्यान्समेन्टको लाभ पनि यसमा लिन सकिन्छ । अडियोको लागि डब्ली अडियो सपोर्ट विशेषताका कारण टीसीएल पी६१५ टीभी सिरिज उपलब्ध छ । 

टीसीएल टिभी सन १९८१ मा सुरुवात गरेको पाइन्छ । आइएचएस पछिको २०१६ मा नै उत्कृष्ट टप ३ मा परेको थियो । यसले गर्दा पनि अहिले विश्व बजारमा यसको माग अत्याधिक बढेको कम्पनीले जनाउँदै आएको छ । टीसीएल प्यानल, मोडुलस, सेट र व्याकलाइट क्षमतामा उत्पादन भएको हो । टीसीएल ब्राण्डको अधिकारिक बिक्रेता चौधरी गु्रप अन्तर्गत सीजी इओएल रहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप