शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

त्यो फिल्म जसले दीपिका पादुकोणको करियर र जीवन दुबै फेरिदियो

सोमबार, २४ कात्तिक २०७७, १६ : ००
सोमबार, २४ कात्तिक २०७७

बलिउड नायिका दीपिका पादुकोण आज फिल्म इन्डष्ट्रिकी सबैभन्दा चर्चित, सबैकी प्रिय र सबैभन्दा धेरै कमाउने नायिकामध्ये एक हुन् । खेलकुद परिवारसँग सम्बन्ध राख्ने दीपिकाले अभिनयलाई आफ्नो करियरको रुपमा अपनाइन् । दीपिका बलिउडमा प्रवेश गरेको आज १३ वर्ष बितिसकेको छ । आफ्नो अभिनय र मिहिनतको दममा नायिकाले आज यो स्थान ओगटेकी छिन् ।

आउनुहोस्, उनको करियरबारे केही जानकारी लिऔंः

यो फिल्ममार्फत् गरिन् डेब्यूः

दीपिकाले सन् २००६ मा फिल्मी दुनियाँमा कदम राखेकी थिइन् । नायिकाले कन्नड फिल्म ‘ऐश्वर्या’ बाट आफ्नो अभिनयको डेब्यू गरिन् । यो फिल्ममा उनी नायक उपेन्द्रको अपोजिट लिडमा देखिएकी थिइन् । यो फिल्म निकै राम्रो चल्यो तर दीपिकाले यो फिल्मबाट पहिचान पाउन सकिनन् । दीपिकाले पहिचान पाइन् फराह खानको फिल्म ‘ओम शान्ति ओम’ मार्फत् जुन सन् २००७ मा रिलिज भएको थियो । आज यो फिल्म रिलिज भएको १३ वर्ष पुगेको छ । यो मौकामा दीपिकाले आफ्नो इन्स्टाग्राम डीपी र नाम फेरेकी छिन् । नायिकाले नाम परिवर्तन गरेर के राखेकी छिन्, त्यसबारे जानकारी दिनुअघि ओम शान्ति ओमबारे केही कुरा थाहा पाऔं ।

दीपिकाले दर्शकको मन जितिन्ः

९ नोभेम्बर सन् २००७ मा ठूलो पर्दामा रिलिज भएको यो फिल्ममा दीपिका, शाहरुख खान मुख्य भूमिकामा थिए । शाहरुख खानले दीपिकालाई यो फिल्ममार्फत् बलिउडमा लञ्च गरेका थिए । ओम शान्ति ओममा दीपिकाले शाहरुखकी प्रेमिकाको भूमिका निभाएकी थिइन् जसलाई दर्शकले निकै रुचाए । मानिसहरुले दीपिकाको सुन्दरताका साथै उनको अभिनयको पनि निकै तारिफ गरे । शाहरुख र दीपिकाको जोडी निकै हिट भयो । यतिमात्रै होइन, यो फिल्मका लागि दीपिकाले बेस्ट डेब्यू फिमेल क्याटगोरीमा फिल्म फेयर अवार्ड पनि पाएकी थिइन् ।

सोनम कपुरलाई पछि पारिन्ः

जुन वर्ष र जुन मितिमा फराह खानको ओम शान्ति ओम रिलिज भएको थियो त्यसै दिन ठूलो पर्दामा अर्को एउटा बिग बजेट फिल्म रिलिज भएको थियो जसको नाम थियो सांवरिया । यो फिल्मका  निर्देशक थिए सञ्जय लिला भंसाली । त्यतिबेला सांवरियाको निकै चर्चा भएको थियो किनभने यो फिल्ममा दिवंगत अभिनेता ऋषि कपुरका छोरा रणबीर कपुर र अनिल कपुरकी छोरी सोनम कपुर बलिउडमा डेब्यू गरिरहेका थिए ।

यस्तोमा दुबै फिल्मबीच निकै ठूलो प्रतिस्पर्धा थियो । तर दर्शकले सांवरियालाई खासै रुचाएनन् र दीपिका पादुकोणलाई सबैले स्वागत गरे । यहि यो फिल्म थियो जसले दीपिकालाई स्टार बनाएको थियो ।

दीपिकाले इन्स्टाग्राममा फेरिन नाम र डीपीः

फिल्म १३ वर्ष पूरा भएको उपलक्ष्यमा दीपिकाले आफ्नो इन्स्टाग्राम डीपी र नाम फेरेकी छिन् । नायिकाले आफ्नो डीपीमा शाहरुख खानसँग फिल्मको एक गीतको फोटो राखेकी छिन् । यस्तै नायिकाले आफ्नो नाम फेरेर शान्तिप्रिया राखेकी छिन् । ओम शान्ति ओममा दीपिकाको नाम शान्तिप्रिया थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप