हत्या अभियोगमा कैद फैसला भएका गिरी १६ वर्षपछि पक्राउ
मङ्गलबार, २५ कात्तिक २०७७, ०८ : १०
काठमाडौँको रानीबारीमा डेरा गरी बस्ने १८ वर्षीय जीवन लोहनीको हत्या अभियोगमा फरार रहेका झापा मेचीनगर नगरपालिका–७ का ३३ वर्षीय हरि गिरी भन्ने रामकुमार गिरीलाई भक्तपुरबाट पक्राउ गरेको छ ।
विसं २०६१ माघ ११ गते राति ८ बजे सामाखुसीमा हत्या गरी फरार रहेका गिरीलाई १६ वर्षपछि महानगरीय अपराध महाशाखाको टोलीले चाँगुनारायण नगरपालिका–७ बाट सोमबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार लोहनीले गिरीका साथी प्रकाश लामाको कानको मुन्द्रा माग्दा नदिएपछि लामालाई कुटपिट गर्दा भएको विवादमा गिरीले लोहनीको हत्या गरेको खुलेको प्रहरीको भनाइ छ ।
जिल्ला अदालत काठमाडौँले विसं २०६४ असार ११ गते कैद सजाय फैसला तोके पनि फरार रहेका गिरी केही समय विदेश बसेर फर्किएपछि उनले आफ्नो नाम सरोज गिरी बताउँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते