बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वामदेव गौतमविरुद्धको मुद्दामा सुनुवाइ जारी

बुधबार, २६ कात्तिक २०७७, १३ : ३७
बुधबार, २६ कात्तिक २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमविरुद्ध सवोच्चमा परेको रिटको सुनुवाई जारी रहेको छ । करिब एक महिनाअघि हेर्दाहेर्दैमा राखिएको सो मुद्दाको पेसी आज तोकिएको थियो ।

गौतमविरुद्धको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँचजना न्यायाधीशको संवैधानिक इजलासले हेरिरहेको र सुनुवाई जारी रहेको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए  । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय बदर गर्नुपर्ने र मन्त्री बन्न रोक्नुपर्ने माग गर्दै रिट हालेका थिए । 

बुधबारको सुनुवाइपछि गौतम मन्त्री बन्ने या नबन्ने भन्ने बाटो प्रस्ट हुनेछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप