शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मैतीदेवी चोकमा नेचर सुपरमार्केट

बुधबार, २६ कात्तिक २०७७, १७ : ५३
बुधबार, २६ कात्तिक २०७७

काठमाडौं । ‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ काठमाडौंको मैतीदेवी चोकमा व्यवसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा ‘नेचर सुपरमार्केट’ सञ्चालनमा आएको छ । 

जसलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदी, हास्य कलाकार दीपाश्री निरौला र जितु नेपालले उद्घाटन गरे ।

उक्त उद्घाटन समारोहमा उपभोक्ताहरुको चाहनाअनुसार काठमाडौं उपत्यकाभर होम डेलिभरीको सुविधा साथै बजारको माग र आम उपभोक्ताको आवश्यकता अनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरु उपलब्ध गराउन सुरु गरिएको भनी अध्यक्ष जनक धामीले बताए ।

अध्यक्ष धामीले भने, ‘सुपथ मूल्यमा दैनिक उपभोग्य तथा ग्रोसरी सामान उपलब्ध गरी बजार व्यवस्थापन तथा गुणस्तरीय उत्पादन, बिक्री  वितरणको लामो अनुभव र अभ्यासको परिणामस्वरुप सशक्त सुपरमार्केटको सुरुवात गर्ने, प्रतिस्पर्धात्मक विश्व बजारमा उपभोक्ताको मागलाई ध्यानमा राख्दै पूर्ण पारिवारिक वातावरणमा गुणस्तरीय सेवा प्रदान गर्न नेचर सुपरमार्केट सदैव प्रतिबद्ध छ ।’ 

साथसाथै, स्थापनाको एक वर्ष भित्र काठमाडौं उपत्यकामा १० वटा शाखा आगामी ५ वर्ष भित्र काठमाडौं उपत्यकामा ३० देखि ४० वटा शाखा बिस्तार गर्ने लक्षय गरेको नेचर सुपरमार्केटले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप