बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘दि एलिट्स को–एड’ को भर्चुअल देउसी भैलो हुने

बुधबार, २६ कात्तिक २०७७, २१ : ००
बुधबार, २६ कात्तिक २०७७

काठमाडौँ । विद्यार्थीहरुलाई आफ्नो कला, संस्कृती र परम्पराको बारेमा पाठ्यक्रमले तोकेअनुसार व्यवहारिक रुपमा जानकारी गराउने उद्देश्य अनुरुप स्वयम्भू कारखाना चोकस्थित ‘दि एलिट्स को–एड’ विद्यालयले यही कात्तिक २८ गते शुक्रबारका दिन भर्चुअल देउसी भैलो कार्यक्रम गर्ने भएको छ ।

कोरोनाभाइसर कोभिड–१९ को महामारीका कारणले परम्परागत रुपमा देउसी भैलो खेल्न असम्भव भएकाले विद्यालयले डिजिटल प्रविधि ‘जुम एप’ मार्फत आफ्ना विद्यार्थीहरुलाई देउसी भैलो खेलाउन लागेको हो ।

खासगरी नयाँ पुस्तालाई विदेशी संस्कृतीको प्रभावबाट बचाउन विद्यार्थीहरुमा साँस्कृतिक चेतनामार्फत हाम्रो आफनो मौलिक संस्कृतीको जगेर्ना गर्न यो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक विनय वैद्यले जानकारी दिए । विद्यालयले अन्य पर्वहरुमा पनि पर्व विशेष कायक्रमहरु गर्दै आएको प्रधानाध्यापक वैद्यले जिकीर गरे ।

यस एलिट्स देउसी भैलो कार्यक्रममा अभिभावक तथा अन्य अतिथिहरुको पनि सहभागिता हुनेछ भने वडा १५ का वडाध्यक्ष्य आनन्दराम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न हुने विद्यालय संयोजक भरत पन्तले बताए ।

कोरोना महामारीले देशैभरीका विद्यालयका पठनपाठन अस्तव्यस्त हुँदा पनि दि एलिट्स को–एड विद्यालयले भने शैक्षिक सत्रको शुरुवातीदेखि नै डिजिटल प्लेटफर्म मार्फत नियमित पठनपाठनको साथै अतिरिक्त कार्यक्रम पनि गर्दै आएको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप