बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कपिल शर्माको शोमा पुनः नवजोत सिंह सिद्धूको ‘इन्ट्रि’ ? यो कुराले दिइरहेको छ ‘हिन्ट’

बिहीबार, २७ कात्तिक २०७७, १० : ३०
बिहीबार, २७ कात्तिक २०७७

भारतका हास्यकलाकार कपिल शर्माको टिभी शो द कपिल शर्मा शोमा एकपटक पुनः परिवर्तन देख्न सकिनेछ । उक्त कार्यक्रममा नवजोत सिंह सिद्धू फिर्ता हुने अनुमान भारतका थुप्रै मिडियाले गरेका छन् । बुधबार कपिल र नवजोत सिंह सिद्धूको भेटघाट भएको थियो । यसका केही तस्बिर सोसल मिडियामा चर्चाको विषय बनेको छ ।

वास्तवमा, बुधबार कपिलले आफ्नो इन्स्टाग्राम अकाउन्टमा केही तस्बिर सेयर गरेका छन् जसमा उनी नवजोत सिंह सिद्धूको घरमा खाना खाइरहेको देखिएका छन् । दैनिक भास्करमा प्रकाशित एक खबर अनुसार नवजोत सिंह सिद्धूको कार्यक्रममा पुनः फिर्ती हुनसक्छ ।

स्रोतका अनुसार नवजोत सिंह सिद्धूलाई शोमा फिर्ता ल्याउनका लागि कपिल बुधबार  अमृतसरस्थित उनको घरमा भेट्न गएका थिए जहाँ दुबैले यो मुद्दामा कुराकानी पनि गरे ।

स्मरण रहोस्, गत वर्ष पुलवामामा भारतीय जवानमाथि भएको हमलामा नवजोत सिंह सिद्धूले पाकिस्तानको बचाउ गर्ने बयान दिएका थिए । यसले निकै विवाद निम्त्याएको थियो तसर्थ उनी कपिल शर्मा शोबाट बाहिरिएका थिए ।

हाल नवजोत सिंह सिद्धूको कुर्सीमा अर्चना पूरना सिंह आसिन छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप