मोदीमाथि राहुलको निशाना–इतिहासमै पहिलोपटक आर्थिक मन्दी सुुरु भयो
एजेन्सी । भारतीय रिजर्भ बैंक (आरबीआई) ले चालू वित्त वर्षको दोस्रो त्रैमासिकमा सकल घरेलु उत्पादन (जिडिपी) को वृद्धदर नकारात्मक रहने अनुमान गरेको छ । यसपछि काँग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि निशाना साधेका छन् ।
ट्वीटरमार्फत राहुल गान्धीले इतिहासमै पहिलोपटक भारत आर्थिक मन्दीमा प्रवेश गरेको जनाएका छन् । प्रधानमन्त्री मोदीका कामले भारतको शक्तिलाई कमजोरीमा परिणत गरिदिएको उनको दाबी छ । आरबीआईले मौद्रिक समिक्षालाई लिएर आधिकारिक आँकडा अहिलेसम्म जारी गरेको छैन ।
समाचार एजेन्सी पिटिआईका अनुसार आरबीआईका गभर्नर शक्तिकान्त दासले चालू वित्त वर्षमा विकास दर माइनस ९ दशमलव ५ प्रतिशत हुनसक्ने अनुमान गरेका थिए । यसअघि अप्रिलदेखि जुनसम्मको पहिलो त्रैमासिकका दोरान पनि जीपिडीको विकास दर माइनसमै थियो ।
आरबीआईका गभर्नरले जिडीपीको अन्तिम त्रैमासिकमा वृद्धिको बाटोमा फर्कने अनुमान गरेका थिए । उनले आर्थिक ह्रासका लागि कोरोनाका कारण सिर्जित अनिश्चित अवस्थालाई जिम्मेवार बताएका थिए । केन्द्रीय बैंकका अनुसार पहिलो त्रैमासिकमा विकास दर माइनस २३ दशमलव ९ प्रतिशत थियो ।
भारतमा कोरोना भाइरस महामारी रोक्नका लागि सरकारले मार्च महिनाको अन्त्यदेखि पूर्ण लकडाउन गरेको थियो । यसको असर अर्थव्यवस्थामा स्पष्टै देखियो र पहिलो त्रैमासिकमा जिडिपी विकास दर २३ दशमलव ९ प्रतिशतले माइनस रह्यो । यद्यपि, जुलाई देखि सेप्टेम्बरसम्मको दोस्रो त्रैमासिकका दौरान अनलक सुरु भइसकेको थियो, बिस्तारै–बिस्तारै सबै गतिविधिहरुलाई सुरु गर्न छुुट दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिल्पी थिएटरमा आजबाट नाटक ‘ए आई’
-
कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)
-
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'