मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ काठमाडौं उपत्यकाका ३ जिल्लाको कोरोना संक्रमणको पछिल्लो अवस्था

बिहीबार, २७ कात्तिक २०७७, १८ : १०
बिहीबार, २७ कात्तिक २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सय ७३ जना कोरोना संक्रमित थपिएका छन् । ४२८ महिला र ५ सय ४५ पुरुषसहित ९ सय ७३ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा अहिले संक्रिय संक्रमितको संख्या १७ हजार ४५ रहेको छ भने निको हुनेहरुको संख्या ५८७४६ पुगेको छ ।

काठमाडौंमा अहिलेसम्म २ सय ९३ जनाको संक्रमणबाट मृत्यु भएको छ भने अहिलेसम्म ७६ हजार ८४ जना संक्रमित भएका छन् । त्यस्तै भक्तपुरमा अहिलसम्म सक्रिय संक्रमितको संख्या १२९२ पुगेको छ भने ७५ जनाको मृत्यु भएको छ ।

भक्तपुरमा निको भएर घर फर्किनेहरुको संख्या ५ हजार ४८१ रहेको छ भने अहिलेसम्म ६ हजार ८ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ललितपुरमा अहिलेसम्म १० हजार ८ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ८ हजार २ सय ८६ जना निको भएर घर फर्किसकेको छन् भने ७९ जनाको मृत्यु भएको छ । ललितपुरमा सक्रिय संक्रमितको संख्या अहिले २५ सय १२ रहेको मन्त्रालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप