बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानमा कोरोनाका कारण एकैदिनमा सबैभन्दा धेरै ३४ को मृत्यु

बिहीबार, २७ कात्तिक २०७७, २२ : ४३
बिहीबार, २७ कात्तिक २०७७

एजेन्सी । पाकिस्तानमा कोरोनाभाइरसबाट एकैदिनमा अत्यधिक धेरै ३४ जनाको मृत्यु भएको छ । पाकिस्तानको नेस्नल कमाण्ड एण्ड अप्रेसन सेन्टरले बिहीबार दिएको जानकारीअनुसार देशमा सङ्क्रमितको संख्यामा पनि बृद्धि हुदै गएको छ । 

यसअघि गत जुलाई २४ का दिन सवैभन्दा धेरै एकैदिनमा ३५ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ । अधिकारीहरुका अनुसार पाकिस्तानमा अहिलेसम्म सात हजार ५५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । महामारी फैलिएको झण्डै नौ महिनाको अवधिमा उनीहरुको मृत्यु भएको हो । 

पछिल्लो २४ घण्टामा देशभरी गरेर कुल एक हजार ८०८ जनाको मृत्यु भएको पनि केन्द्रले जनाएको छ । योसँगै पाकिस्तानमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या तीन लाख ४९ हजार ९९२ जना रहेका छन् । 

अहिलेसम्म कुल सङ्क्रमित मध्ये तीन लाख २० हजार ८४९ जना भने कोरोनाभाइरसबाट सङ्क्रमण मुक्त भइसकेका छन् । केन्द्रले दिएको जानकारी अनुसार बाँकी २२ हजार ८८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेकाले उनीहरुको उपचार भइरहेको छ । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप