केन्द्रीय संस्करण

दुई महिनादेखि कोमामा थिए युवक, चिकनको चर्चा सुन्नेबित्तिकै आयो होश

person explore access_timeकात्तिक २८, २०७७ chat_bubble_outline0

खाना तपाईंलाई मनपर्ने छ भने मुखबाट पानी आउनु स्वभाविक नै हो । तर खानाले कोमामा भएका मानिस नै जागेको कुरा त सायदै सुन्नुभएको होला । तर वास्तवमा नै एउटा यस्तै घटना घटित भएको छ । ताइवानमा । त्यहाँ मनपर्ने खानाको कुरा गर्नाले युवक कोमाबाट बाहिर निस्किएका छन् ।

६२ दिनसम्म कोमामा रहने १८ वर्षका चियू आश्चर्यजनक तरिकाले कोमाबाट बाहिर निस्किएका छन् । ताइवान न्यूजले बताए अनुसार ताइवानको सिन्चू काउन्टीमा बस्ने १८ वर्षे चियूको यसवर्षको जुलाईमा स्कुटर दुर्घटना भएको थियो । उक्त सडक दुर्घटनामा उनको शरीरको भित्री अंगमा गम्भीर चोट लागेको थियो ।

उनलाई अस्पताल पुर्याउँदा उनको कोमा इन्डेक्स तीन  थियो । तोन एन जनरल हस्पिटलको आइसीयूका निर्देशक सेय सुङ सिनले उनलाई निकै नाजुक अवस्थामा अस्पताल ल्याइएको जानकारी दिए । डाक्टरले उनको तत्काल शल्यक्रिया गरे उनको स्वास्थ्यलाई स्थिर पार्न सके तर उनी गहिरो कोमामा गए ।

अस्पताल बसाईंको क्रममा उनको ६ शल्यक्रिया भए । अस्पतालकी एक नर्सले जानकारी दिए अनुसार उनको कोमाको ६२ औं दिनमा उनका दाइले ठट्टा गर्दै भने, ‘भाइ, म तिमीलाई तिम्रो मनपर्ने चिकन फिलेट खुवाउँदैछु ।’

तर अचम्म भइदियो । चियूको पल्स बढ्न थाल्यो र बिस्तारै उनको चेतना खुल्न थाल्यो । पूर्ण रुपमा निको भइसकेका चियू अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । उनी हालै अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीलाई धन्यवाद भन्न केक लिएर गएका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.