शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहको पहिरन बिग्रिएको भन्दै महिलाले कम्पनीमाथि पोखिन् रिस, जवाफ पाएपछि भयो ‘गाला रातै’

शुक्रबार, २८ कात्तिक २०७७, १० : ३३
शुक्रबार, २८ कात्तिक २०७७

विवाहको दिन लगाइने पहिरनमा कसैले पनि गल्ती स्विकार्न सक्दैनँ । यस्तोमा यदि कसैलाई आफूले सोचेजस्तो परिहन नपाउँदा रिस उठ्नु स्वभाविक हो । यस्तै देखियो अमेरिकाको केन्टुकी राज्यको लुइसविले शहरमा जहाँ एक दुलहीले आफ्नो विवाहको पहिरनको विषयमा कम्पनीलाई इमेल पठाइन् ।

डक्स अबरी नामकी महिलाले आफ्नो विवाहको पहिरन अनलाइनमार्फत् अर्डर गरेकी थिइन् ।  ड्रेस पाएपछि उनले लगाइन् । तर उक्त ड्रेस आफूले तस्बिरमा देखेजस्तो नभएको उनले पाइन् । महिलाले त्यसपछि कम्पनीलाई यसबारे जानकारी दिने विचार गरिन् । उनले उक्त ड्रेस लगाइन् र केही तस्बिर खिचेर कम्पनीलाई इमेल पठाइन् । इमेलमा लेखिन्, ‘म यो ड्रेस पाएर निकै दुःखी छु । यो त्यो ड्रेस होइन जुन मैले अर्डर गरेकी थिएँ । ’ महिलाले आफूले अर्डर गरेको र पाएको ड्रेसको पनि तस्बिर पठाइन् ।

 ओबरीले जब कम्पनीको जवाफ पाइन् तब उनको रिस हाँसोमा बदलियो । कम्पनीले आफ्नो जवाफमा लेख्यो, ‘तपाईंले ड्रेसलाई उल्टो गरेर लगाउनुभएको छ, कृपया सही तरिकाले लगाउनुहोस् । ’

कम्पनीले मेसेज पठाएपछि महिलाले कम्पनीले भने जसरी ड्रेस लगाइन् जुन उनले अर्डर गरे अनुसारकै थियो ।

महिला आफैंले फेसबुक पोस्ट लेखेर घटनाबारे जानकारी दिइन् । पोस्टमा महिलाले कम्पनीले ड्रेसलाई उल्टो गरेर प्याक गरेको पनि बताइन् । महिलाले कम्पनीलाई उनको समस्या हल गरिदिएकोमा धन्यवाद दिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप