
ललितपुरको बालकुमारीमा भीषण आगलागी

ललितपुर । ललितपुरमा भीषण आगलागी भएको छ । ललितपुरको बालकुमारी पुल क्रस हुनेबित्तिकै बायाँपटिट् रहेको फोहोरमैला संकलन गर्ने ठाउँमा आगलागी भएको हो ।
आगलागीको कारण खुल्न सकेको छैन । आगो नियन्त्रणको लागि ललितपुर महानगरपालिकाको ३ वटा दमकल प्रयोग भइरहेको छ । त्यस्तै काठमाडौँ महानगरपालिकाको दमकललाई समेत बोलाइएको ललितपुर प्रहरीले जनाएको छ ।
घरहरुको बीचमा आगलागी भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले जानकारी दिए । राई आफै घटनास्थलमा पुगेका छन् ।
आगलागी भएको ठाउँमा स्प्रेका बोत्तलहरु रहेको कारण पड्किएर उछिटिएको छ । बालकुमारीस्थित फोहोर संकलन केन्द्रमा आगलागी भएको जनाइएको छ । आगलागीबाट एक करोड बढीको सम्पति नष्ट भएको बताइएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ