बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी भएको थियो ‘धन्वन्तरी जयन्ती’ अर्थात ‘राष्ट्रिय आरोग्य दिवस’ को सुरुवात

शुक्रबार, २८ कात्तिक २०७७, १८ : ५६
शुक्रबार, २८ कात्तिक २०७७

काठमाडौं । मानव इतीहासमा विभिन्न समयमा विभिन्न किसिमका रागहरुको उत्पत्ती हुँदै आएका छन् । ईसा पूर्र्व १३००० पहिले मानव र दानव बीच सहमति भै रोग निवारणको लागी अमृत खोज्नको लागि भनेर समुद्र मन्थन गर्ने निर्णय गरियो । 

मन्दराचल पर्वतलाई मदानी र वासुकी नागलाई डोरी बनाई गरिएको समुद्र मन्थनबाट अमृतको घडा सहित कार्तिक कृष्णपक्ष त्रयोदशीका दिन धन्वन्तरी प्रकट भए र यसै दिन कागतिहार पनि पर्दछ । धन्वन्तरी भगवान विष्णुको अवतार भएकाले उनलाई भगवान धन्न्तरी भन्ने गरिन्छ । 

भगबान धन्वन्तरीले कागको वाणिको रुपमा स्वास्थ्य प्रबर्धन हेतु तिन सन्देस दिए । हितभोग अर्थात स्वास्थ्यलाई हित हुनेकुरा मात्र खाने, ऋतुभोग अर्थात ऋतु अनुसार आहार गर्न र मितभोग अर्थात अड्कलेर खाने । यसरी उत्पत्ती भएका धान्वन्तरीले अश्वीनिकुमारलाई आयुर्वेदको ज्ञान दिए र पछि काशिका राजा दिवोदास धन्वन्तरीको रुपमा प्रख्यात भए । दिबोदास धन्वन्तरीलाई भगवान विष्णु वा धन्वन्तरीकै अवतारको रुपमा लिइन्छ । उनले आफुसँग रहेको ज्ञान शुश्रुतलाई दिए र पछि शुश्रुतले शुश्रुत संहिता लेखे । 

उक्त बखत शल्य चिकित्साको निकै नै विकास भयो र आजसम्म पनि शुश्रुतलाई आयुर्वेद तथा एलोप्याथीहरुले शल्य चिकित्साका पिता भनेर मान्दै आएको छ  । यस समयमा शल्यक्रियाको क्षेत्रमा निकैनै प्रगति भएको थियो । यतिसम्म कि धन्वन्तरी भन्नाले शल्यशास्त्रीलाई बुझिन थालियो(धनुःशल्यंतश्यपारंइियती गच्छति ईती धन्वन्तरी अर्थात शल्यशास्त्रमा निपूर्ण ब्यक्तिलाई नै धन्वन्तरी भनिन्छ ।)

पछि रोगब्याधी बढ्न थाल्यो । सवै जनता रोगी हुन थाले भनेर चिन्ता बढ्दै गयो । सवै ऋषिमुनीहरुले हिमवत क्षेत्रमा ठूलो सभा गरे र निस्चित ब्यक्तीमा रहेको आयुर्वेदको ज्ञान सर्बत्र फैलाउन पर्यो भन्ने निर्णय गरि आत्रेय ऋषिलाई स्वर्गका राजा ईन्द्र कहाँ आयुर्वेद पढ्न पठाउने निर्णय गरियो । आत्रेय ऋषिले एल लाख श्लोक र एक हजार अध्याय भएको ब्रह्म संहिता पढेर ऋषिहरुसँग आए । पछि यती ठूलो ग्रन्थ पढ्न सबैलाई गाह्रो हुने बुभेर यस संहितालाई आठ भागमा बाँढियो र यसैलाई अष्टाङ्ग आयुर्वेद भनिन्छ । 

धेरै पछि भगवान गौतम बुद्धको समयमा काटमार नगर्ने अभियानका कारण शल्य चिकित्सा अलि पछाडि परेको देखिन्छ । आयुर्वेदको शुश्रुत संहिताको आधारमा नै पश्चिमाहरुले आधुनिक सर्जरीको विकास गरेका हुन भन्न सकिन्छ । नेपालमा पुर्व राष्ट्रपति रामवरण यादव स्वास्थ्य मन्त्री हँुदा धन्वन्तरी दिवसलाई राष्ट्रिय आरोग्य दिवसको रुपमा मनाउने निर्णय भएपश्चात यो नियमित रुपमा यो दिवस विभिन्न कार्यक्रमका साथ मनाउने गरिएको छ र आयुर्वेद क्षेत्रको महान दिवसको रुपमा रहि आएको छ ।    
  
                                                        
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप