बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय

सावधान ! मधुमेहका रोगीलाई कोरोनाले छिटो संक्रमण गर्न सक्छ !

महामारीमा मधुमेह रोगीको स्वास्थ्य अवस्था झन जटिल बन्दै : वीर अस्पतालका मधुमेह रोग विशेषज्ञ डाक्टर दीपक मल्ल
शनिबार, २९ कात्तिक २०७७, ०६ : ४८
शनिबार, २९ कात्तिक २०७७

साधारण भाषामा भन्दा रगतमा गुलियोपना  वा  चिनी (सुगर) को मात्रा बढी भएपछि देखिने रोगलाई मधुमेह अर्थात डायविटिज भनिन्छ । रगतमा गुलियोपनाको मात्रालाई नियन्त्रण गर्न वा ठिकको अवस्थामा राख्नको लागि शरीरमा इन्सुलिन हार्मोन हुन्छ । कुनै कारणले इन्सुलिनको अभाव भएमा वा इन्सुलिन घटदै गएमा रगतमा सुगरको मात्रा बढेर मधुमेह रोग देखिन्छ ।

मधुमेह धेरै प्रकारका हुन्छन् । नेपाललगायत विश्वभर मधुमेह  टाइप १ भन्दा मधुमेह टाइप २ का बिरामी धेरै छन् । टाइप १ र  टाइप २ का मधुमेहबाहेक  २० वर्षभन्दा कम उमेर समुहलाई लाग्ने मधुमेह, वृद्धाृवृद्ध भएपछि लाग्ने मधुमेह पनि हुन्छ । त्यसैगरी, गर्भवती अवस्थामा देखिने मधुमेह रोग पनि हुन्छ ।

गर्भवती अवस्थामा मधुमेहको भएमा भविष्यमा बच्चालाई पनि मधुमेह हुन सक्छ । गर्भवस्थामा आमालाई मधुमेह भएमा पछि बच्चाको तौल बढ्न सक्छ, बच्चाको मुटुमा समस्या समेत आउन सक्छ, ख्याल नगरेको खण्डमा बच्चाहरु अपाङ्ग पनि हुन सक्छन् । सामान्यतः गर्भावस्थामा देखिने मधुमेह बच्चा जन्मिएपछि आफैं हराएर जान पनि सक्छ । तर कतिपयमा भने बच्चा जन्मिसकेपछि पनि आमालाई मधुमेह लगातार देखिने सम्भावना समेत रहन्छ । 

गर्भवती अवस्थामा मधुमेहको भएमा भविष्यमा बच्चालाई पनि मधुमेह हुन सक्छ । गर्भवस्थामा आमालाई मधुमेह भएमा पछि बच्चाको तौल बढ्न सक्छ, बच्चाको मुटुमा समस्या समेत आउन सक्छ, ख्याल नगरेको खण्डमा बच्चाहरु अपाङ्ग पनि हुन सक्छन् । सामान्यतः गर्भावस्थामा देखिने मधुमेह बच्चा जन्मिएपछि आफैं हराएर जान पनि सक्छ । तर कतिपयमा भने बच्चा जन्मिसकेपछि पनि आमालाई मधुमेह लगातार देखिने सम्भावना समेत रहन्छ । 

गत वर्ष टाइप २ का  मधुमेहका बिरामी ४.१ प्रतिशतलाई देखिएको थियो भने महामारीको कारण भएका बन्दाबन्दीका बीच कुल जनसंख्यामध्ये ४.९ लाई मधुमेह लागेको तंथ्याङ्कहरुले देखाएको छ । 

मधुमेह रोग लागिपछि शरीरका विभिन्न किसिमका लक्षणहरु देखिन्छ । जस्तै धेरै तिर्खा लाग्नु, धेरै पिसाब लाग्नु, भोक धेरै लाग्ने हुन्छ । मधुमेह रोगलाई ख्याल गरिएन र बेलैमा उपचार गरिएन भने त्यसले हाम्रा विभिन्न अंगहरुमा असर पुर्याउँछ । आँखा, मृगौलाहरुमा असर पुग्ने, शरीरमा लागेका घाउचोटहरु निको नभएर सेप्टिक हुने जस्ता समस्याहरु देखापर्न सक्छ । दुःखको कुरा नेपालमा पनि धेरै जसो विरामीहरु मधुमेहको उपचार गर्न आउँदा आँखा, मृगौला, खुट्टामा घाउ, नसामा  आदि  समस्या भइसकेपछि मात्रै अस्पताल आइपुग्छन् ।

 मधुमेह रोगले कुनै अंगमा क्षति पुर्‍याएपछि बिरामी अस्पताल आउँछन् भने केही लक्षणको आधारमा सुरुवाती चरणमा आउँछन् । मधुमेह भएको थाहा पाउँन यो लक्षण नै देखिनुपर्छ भन्ने छैन् । गाउँगाउँबाट बिरामी मधुमेहका कारण आँखाको ज्योती गुमाएपछि अस्पताल आइपुग्छन् ।

 मधुमेह रोगले कुनै अंगमा क्षति पुर्‍याएपछि बिरामी अस्पताल आउँछन् भने केही लक्षणको आधारमा सुरुवाती चरणमा आउँछन् । मधुमेह भएको थाहा पाउँन यो लक्षण नै देखिनुपर्छ भन्ने छैन् । गाउँगाउँबाट बिरामी मधुमेहका कारण आँखाको ज्योती गुमाएपछि अस्पताल आइपुग्छन् ।

चिकित्सकको उद्देश्य मधुमेहलाई मात्रै नियन्त्रण गर्ने भन्ने हुँदैन ।   स्वास्थ्यकर्मीले बिरामीको आँखा, मृगौला, खुट्टा, नसा जोगाउने मुख्य ध्येय राखेर उपचार गर्ने हो ।

मधुमेह रोगीलाई छिटो कोरोना संक्रमण हुन्छ

पहिलो, उच्च रक्तचाप भएका बिरामीलाई छिटो कोरोना संक्रमण हुन सक्छ । यस्तै, दोस्रोमा मधुमेहका रोगी र तेस्रो फोक्सोमा समस्या भएका बिरामीलाई कोरोना संक्रमण हुने सम्भावना बढी रहन्छ । महामारीमा मधुमेहका बिरामीहरु धेरै संख्या संक्रमित भएका छन् । किनभने मधुमेह रोग लाग्दा शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यसैले मधुमेह भएपछि अन्य रोगले छिटो शरीरमा आक्रमण गर्ने सम्भावना ज्यादै धेरै हुन्छ । मधुमेहका बिरामीलाई उनीहरुको समस्याका आधारमा थुप्रै औषधिहरु खुवाउन पर्ने हुन सक्छ । यसरी धेरै औषधि खानुपर्ने अवस्थामा पुगेका विरामीहरुमा स्वभाविक रुपमा रोग प्रतिरोधात्मक क्षमता पनि कम हुने हुँदा उनीहरुलाई अरुको तुलनामा  कोरोनाभाइरसको संक्रमण हुने सम्भावना बढी हुन्छ । त्यसैले मधुमेह भएका बिरामीलाई कोरोना संक्रमण भएमा अन्य मासिनको तुलनामा थप जटिल खालका समस्या देखापर्न सक्छन् । 

कोरोनाकालमा मधुमेहका बिरामीले के गर्ने ?

सबैभन्दा मुख्या कुरा, मधुमेहका रोगीले नियमित रुपमा औषधि सेवन गर्नुपर्छ । यस महामारीमा लकडाउनको कारणले बिरामीले बजारमा औषधि पाएनन् । इन्सुलिन लगाउनु पर्ने  बिरामीले निर्धारित मात्राभन्दा कम अर्थात् आधा मात्रै इन्सुलिन लगाउनुपरेको पनि फेला परे ।  हरेक महिना जँचाउन आउनुपर्ने बिरामीहरु पनि लकडाउनका कारण ६ महिना पछि मात्रै जँचाउन अस्पताल आउन सके । 

लकडाउन भन्दा अघि नियमित  फलोअफमा आउने धेरै बिरामीको सुगर १ सय २६ हुन्थ्यो भने ६ महिनापछि  जाँच्न आउँने बिरामीको सुगर ३÷४ सय पुगेको पाइयो ।  महामारीको बेला मधुमेह रोगी घर बाहिर निस्कन पाएनन् । शारीरिक मानसिक रुपमा तनाव हुँदा उनीहरुको स्वास्थ्यमा झन समस्या देखिएको छ । लकडाउनमा कोरोना संक्रमणको भयले घरपरिवार तथा समुदायका मानिसले मधुमेहका रोगीलाई घर बाहिर ननिस्कन दबाव दिए । त्यसले गर्दा पनि उनीहरु नियमित परीक्षणका लागि अस्पताल आउन सकेनन्, हच्किए ।

महामारीका बेला घर बाहिर ननिस्के पनि मधुमेहका बिरामीले घरभित्रै नियमित रुपमा शारीरिक अभ्यास गर्नुपर्छ । मधुमेह भएका बिरामीलाई घरका अन्य सदस्यहरुले तनाव व्यवस्थापन गर्नका लागि सहयोग गर्नुपर्छ ।  महामरीको बेलामा घरभित्र सीमित हुँदा  चिकित्सकसँग फोन तथा नेटमार्फत संवाद गरेर परार्मश लिइरहन तथा सोहीअनुसार औषधीका मात्राहरु मिलाएर सेवन गर्न आवश्यक छ ।

महामारीका बेला घर बाहिर ननिस्के पनि मधुमेहका बिरामीले घरभित्रै नियमित रुपमा शारीरिक अभ्यास गर्नुपर्छ । मधुमेह भएका बिरामीलाई घरका अन्य सदस्यहरुले तनाव व्यवस्थापन गर्नका लागि सहयोग गर्नुपर्छ ।  महामरीको बेलामा घरभित्र सीमित हुँदा  चिकित्सकसँग फोन तथा नेटमार्फत संवाद गरेर परार्मश लिइरहन तथा सोहीअनुसार औषधीका मात्राहरु मिलाएर सेवन गर्न आवश्यक छ ।

मधुमेह रोगीका लागि मुख्य कुरा अनुशासन हो ।  जस्तै खाने, निदाउने, परिवारलाई दिने समय, काम गर्ने समयलाई ध्यान दिनुपर्छ । जस्तै नियमित ७ घण्टा निदाउनुपर्ने मधुमेहको बिरामीले राम्रो निद्रा पुराउन सकेन भने उनको शरीरमा सुुगरको मात्रा बढ्न सक्छ ।  औषधीको मात्रा मिलेन भने पनि सुगर नियन्त्रणमा आउँदैन । खानपानको अनुशासन कायम हुन नसक्दा, नियमित गर्नुपर्ने व्यायामहरु नगर्दा पनि सुगर बढ्न सक्छ । त्यसैले सबैभन्दा मुख्य कुरा नै मधुमेहका रोगीले आफ्नो  जीवनशैलीलाई अनुशासित बनाउनु पर्छ ।

दिवसको दिनमा मात्रै मधुमेहको चर्चापरिचर्चा हुन्छ

मधुमेह दिवसको दिन स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसम्बन्धी काम गर्ने संस्थाहरुले उपत्यका र सरमुकामहरुमा जनचेतनामुलक कार्यक्रम गर्छन् । तर अन्य समयमा भने यसबारेमा खासै चासो दिएको पाइदैंन । मधुमेह रोगको समयमै उपचार भएन भने समाजलाई अंपाग गराउने रोग हो । एकपटक मधुमेह भएपछि हरेक महिना दुईतीन थरि औषधिको लागि ३–४ हजार खर्च हुन्छ । मधुमेह भएका बिरामीले राम्रो उपचार नपाएमा उनीहरुमा क्रमशः उच्च रक्तचाप, मृगौलाको समस्या, आँखाको समस्या, नसासम्बन्धी समस्या लगायत विभिन्न थरिका स्वास्थ्य समस्याहरु पनि देखिन सक्छ । त्यस्तो अवस्थामा विभिन्न किसिमका औषधि सेवन गर्नुपर्ने हुन सक्छ, जसले गर्दा महिनामा कम्तीमा ८÷९ हजार खर्च हुन्छ । यो भनेको एउटा सामान्य आम मानिसको लागि ठूलै आर्थिक बोझ हो । त्यसैले तर हामीले रोग लाग्नुभन्दा अगाडिनै सरकारी तथा निजी   क्षेत्रमार्फत् यस रोगका विरुद्ध सर्वसाधारणमा व्यापक जनचेतना फैलाउन आवश्यक छ । यसमा सबै मिडियाहरुले पनि विशेष चासो दिनु जरुरी छ । मिडिया मार्फत मधुमेह रोग लाग्दा यस्तायस्ता खालका लक्षण देखिएमा परीक्षणका  लागि अस्पताल जानुपर्छ भन्ने ज्ञान फैलाउन जरुरी छ ।

प्रस्तुति : माया श्रेष्ठ

 


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप