बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आगामी तीन दिनको मौसम पूर्वानुमानः हल्का वर्षा र हिमपातको सम्भावना

शनिबार, २९ कात्तिक २०७७, ०८ : ०५
शनिबार, २९ कात्तिक २०७७

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार हाल देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन ।

आजको मौसमको अवस्था देशको पहाडी भूभागका केहि स्थानहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । 

शनिबार दिउँसो  प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

शनिबार राति, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागमा आंशिक देखि सामान्यबदली तथा बाँकि प्रदेशका पहाडी भूभागमा आंशिक रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी, आइतबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

भने, राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का बर्षा र हिमपातको सम्भावना छ ।

यस्तै, सोमबार दिउँसो देशभर आंशिक  देखि सामान्य बदली रहनेछ । कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी  प्रदेशका केहि स्थानमा हल्का देखि मध्ययबर्षा र हिमपातको सम्भावना छ । 


त्यसैगरी, सोमबार राति देशभर आंशिक देखि सामान्य बदली रहि गण्डकी, लुम्बिनी, प्रदेश ३ र १ का थोरै स्थानमा हल्का बर्षा र हिमपातको सम्भावना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप