मोटोपन, कब्जियत, हाडजोर्नी र उच्च रक्तचापको समस्याबाट छुटकारा पाउन मेवा

एजेन्सी – मेवाले शरीरलाई विभिन्न फाइदाहरु दिन्छन् । मेवा जति स्वास्थ्यका लागि फाइदाजनक छ त्यति नै पाचन प्रक्रियालाई समेत मजबुत बनाउँछ । साथै, मोटोपन समेत घटाउँछ ।
मेवालाई जुस बनाएर पनि पिउन सकिन्छ । काँचो मेवालाई तरकारीको रुपमा पनि पकाउँन सकिन्छ । प्राचीन कालमा मेवालाई घरेलु उपचारका लागि प्रयोग गर्ने गरिन्थ्यो ।
१. मेवाले कब्जियतको समस्याबाट छुटकारा दिलाउँछ । मेवाले पेटलाई सफा गर्छ । साथै आँखाका लागि पनि मेवा निकै फाइदाजनक हुन्छ । मेवा खाँदा शरीरमा पानीको कमी हुँदैन । एक अनुसन्धानका अनुसार १०० ग्राम मेवामा ४३ ग्राम क्यालोरी हुन्छ ।
२. मेवामा भारी मात्रामा फाइबर, पोटाशियम, भिटामिन पाइन्छ । जसको सेवनले मुटुसँग जोडिएका विभिन्न समस्याहरु कम हुन्छ । मुटुको समस्यामा डाक्टरहरु मेवा खाने सल्लाह दिन्छन् ।
३. मेवाको सेवनले हाडजोर्नीको समस्या कम गराउँछ । मेवामा पाइने एन्टी–इन्फ्लेमेटरी एन्जाइम धेरै मात्रामा पाइन्छ । यसले जोर्नीको समस्याको समाधानमा सहयोग गर्छ ।
४. डाक्टरहरुले उच्च रक्तचापका बिरामीहरुलाई मेवा खान सल्लाह दिन्छन् । मेवामा पाइने पोटाशियम धेरै मात्रामा पाइन्छ । जसले रक्तचापलाई नियन्त्रण गर्छ र सन्तुलनमा राख्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिगको सेमीफाइनल समीकरण पुरा : को-को पुगे अन्तिम चारमा ?
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?
-
आज विश्व सम्पदा दिवस मनाइँदै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश