शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी राष्ट्रपतिले आफ्नो प्रिय कुकुरको बनाए १९ फिट अग्लो 'सुन'को मूर्ति

शनिबार, २९ कात्तिक २०७७, १५ : १२
शनिबार, २९ कात्तिक २०७७

तुर्कमेनिस्तानका राष्ट्रपतिले आफ्नो प्रिय कुकुरलाई उच्च सम्मानसहित सूनको मूर्ति बनाएका छन् ।

गुर्ब्याङ्गुली बर्डीमुखामेडोभले गत मंगलबार एल्याबे प्रजातिको कुकुरको १९ फिट अग्लो मूर्ति अनावरण गरेका छन् ।

त्यहाँको सरकारका अनुसार यो मूर्ति काँसले बनाइएको छ र यसमा २४ क्यारेटको सुनको जलप लगाइएको छ । मूर्तिको उचाई १९ फिट छ । कुकुरको मूर्तिलाई त्यहाँको नयाँ इलाका अश्गाबातमा राखिएको छ जहाँ सरकारी अधिकारीको आवसीय व्यवस्था मिलाइएको छ ।

स्मरण रहोस्, कुकुरको यो प्रजातिलाई त्यहाँका मानिसहरुले निकै रुचाउँछन् । यो प्रजातिको कुकुर त्यहाँ मात्रै जन्मन्छन् त्यसैले पनि यसलाई तुर्कमेनिस्तानको राष्ट्रिय पहिचानको रुपमा हेर्ने गरिन्छ ।

राष्ट्रपतिले कुकुरको यो प्रजातिलाई उच्च सम्मान दिएको यो पहिलो घटना भने होइन, यसअघि पनि उनले एल्याबेका लागि एउटा किताब समर्पित गरेका थिए । -बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप