शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
चीनका पुराना नीतिकथा

अपशकुन

आइतबार, ३० कात्तिक २०७७, ०१ : ०४
आइतबार, ३० कात्तिक २०७७


एक किसानको आँगनमा एउटा सुकेको रुख थियो  । उसको छिमेकीले एक दिन कुरै कुरामा कुरा मिलाएर भन्यो, “आँगनमा सुकेको रुख रहनु अपशकुन हो । यस्तो राखिराख्नु ठीक छैन !”

किसानले भोलिपल्टै त्यो रुख काट्यो ।

रुख ढलेको मात्र थियो, त्यो छिमेकी डोरी लिएर दाउरा माग्न आयो ।

रुख मालिक किसान दिक्क भयो । उसले सोंच्यो, “यसले आखिर आफूलाई दाउरा चाहिएर मलाई रुख काट्न लगाएको रहेछ । म उसको नजिकैको छिमेकी हुँ । तर पनि मसित यसले यस्तो कपटी व्यवहार गर्‍यो । कपट कति नराम्रो !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप