शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्वीटरमा किन ट्रेन्ड भइरहेछ #IStandWithVirat

आइतबार, ३० कात्तिक २०७७, ०६ : ४५
आइतबार, ३० कात्तिक २०७७

भारतीय क्रिकेट समूहका कप्तान विराट कोहलीले दिपावलीको मौकामा सबैलाई शुभकामना दिँदै एक भिडियो सेयर गरेका थिए ।

१८ सेकेन्डको यो भिडियोमा विराटले भनिरहेका छन्, ‘मेरो तर्फबाट तपाईं र तपाईंको परिवारलाई धेरै धेरै शुभकामना । ईश्वरले तपाईंलाई यो दिपावलीमा शान्ति, समृद्धि र खुसी प्रदान गरुन् । याद राख्नुहोस् पटाका नबाल्नुहोस्, पर्यावरणको रक्षा गर्नुहोस् र यो शुभ अवसरमा एक साधारण दियो र मिठाईसहित आफ्ना प्रियजनसँगै घरमा नै खुसी मनाउनुहोस् । ईश्वरले तपाईंहरु सबैको कल्याण गरुन् । आफ्नो केयर गर्नुहोला ।’

विराटको यो भिडियो सन्देशपछि उनी ट्वीटरमा ट्रेन्ड गरिरहेका छन् ।

धेरै प्रयोगकर्तालाई विराटको यो सन्देश मन परेन तर एक ठूलो संख्यामा उनका प्रशंसकले उनको सन्देश समर्थन गरेका छन् । तत्पश्चात् ट्वीटरमा #IStandWithVirat  ट्रेन्ड हुन थालेको छ ।

तर ट्वीटरमा अर्को एउटा ट्रेन्ड पनि शीर्ष स्थानमा रहेको छ । यसको सम्बन्ध पनि यहि भिडियोसँग छ । यो विराटको नामबाट होइन तर यो उनको यही भिडियो सन्देशसँग जोडिएको छ ।

यो ह्याशट्यागसहित मानिसहरु अनुष्का र विराट कोहलीप्रति आफ्नो असन्तुष्टि पोखिरहेका छन् ।

यद्यपि, विराटको अपिल कुनै नौलो भने होइन । पर्यावरण र मानिसहरुको स्वास्थ्यलाई ध्यानमा राखेर देशका थुप्रै राज्यमा पटाका पड्काउन प्रतिबन्ध लगाइएको छ । जुन राज्यमा छुट दिइएको छ, त्यहाँ पनि थुप्रै शर्त जोडिएका छन् ।

तर ट्वीटरमा मानिसहरुले विराटको कुरामा विभिन्न प्रकारको प्रतिक्रिया दिइरहेका छन् ।

थुप्रै  ट्वीटर प्रयोगकर्ताले ‘केही दिन अघि तपाईंको जन्मदिन पटाका पड्काउँदा तपाईंले केही भन्नुभएको थिएन ’ भन्दै कमेन्ट गरे ।

सोनिका शर्मा नामकी प्रयोगकर्ता लेख्छिन्ः

‘मेरो पर्वका बेला ज्ञान दिन बन्द गर्नुहोस् । मेरो पर्व तपाईंको सामाजिक जागरुकता अभियान होइन ।’

अर्का प्रयोगकर्ता निशिथ सरन लेख्छन्, ‘तपाईं क्रिकेट खेल्नुहुन्छ र आफूलाई सामाजिक वा धार्मिक वा हिन्दुको विचारक ठान्ने गल्ती कहिले नगर्नुहोस् ।’

आशिष नामका प्रयोगकर्ता लेख्छन् ।

विराटलाई ट्रोल गर्दै केही मानिसहरुले उनको जीवनशैली, उनका गाडी र उनको विमानको विषयमा पनि प्रश्न उठाएका छन् । उनीहरुले लेखेका छन्, ‘जब तपाईंले यी सबै गर्नुहुन्छ तब पर्यावरणबारे किन सोच्नुहुन्नँ ? र अहिले यस्तो ज्ञान दिँदै हुनुहुन्छ ?’

एक प्रयोगकर्ताले क्रिकेट मैदान बनाउनका लागि रुखको कटान र पानीको बर्बादीको उदाहरण दिँदै विराटमाथि निशाना साँधेका छन् ।

एउटा ट्वीट यो पनिः

राजिव सूदले लेखेका छन्, ‘ज्ञान त्यसैको दिनु जुन तपाईं आफैं पनि अनुसरण गर्नुहुन्छ ।’

एकातिर विराटको सन्देशको विरोध भइरहेको छ भने एक ठूलो संख्यामा उनका प्रशंसकले उनको कुराको समर्थन गर्दै उनको बचाउ गरेका छन् ।

एक प्रयोगकर्ता लेख्छन्, ‘दिवाली कहिले पनि पटाकाको पर्व रहेन । यो झिलिमिली बत्तीको पर्व हो । विराटले केही गलत भनेका छैनन् ।’

आर्या नामकी एक प्रयोगकर्ता लेख्छिन्, ‘धेरैजसो सेलिब्रिटी काम विहिन र ट्रोल हुने हो कि भन्ने डरले सन्देश दिन पछि हट्छन् । निडर विराट कोहलीले यो सन्देश दिएर आखिर उनी राजा किन हुन् भन्ने प्रमाणित गरिदिएका छन् ।’

यशस्विनीले विराटलाई देशको गौरव बताउँदै उनको समर्थन गरेकी छिन् ।

मानिसहरुले विभिन्न उदाहरण दिँदै विराटको समर्थन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप