बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा एकैदिन रेकर्डस्तरको १ लाख ७७ हजार संक्रमित फेला, दक्षिण कोरियामा संक्रमणको तेस्रो लहर

आइतबार, ३० कात्तिक २०७७, ०८ : ३०
आइतबार, ३० कात्तिक २०७७

संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या ५४ करोड पार भएको छ । ३ करोड ७८ लाख संक्रमित निको भइसकेका छन् । हालसम्म १४ लाख १७ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । यो आँकडा वर्ल्डोमिटर्समा प्रकाशित छ । अमेरिकामा संक्रमण दिन प्रतिदिन बढ्दै छ । शुक्रबार र शनिबारबीच यहाँ एक लाख ७७ हजार संक्रमित भेटिएका छन् । अमेरिकामा राष्ट्रपति पदका बिजेता जो बाइडेन पनि आफ्नो देशमा कोरोना नियन्त्रणका लागि सक्रिय भएका छन् । शनिबार उनले आफ्नो कोरोना टास्क फोर्ससँग छलफल गरेका थिए । दक्षिण कोरियामा संक्रमणको तेस्रो लहर देखिएको छ ।

अमेरिकामा स्थिती खराबः

अमेरिकी अस्पतालमा एकपटक पुनः बिरामीको संख्या बढ्न थालेको छ । शनिबार यहाँ १ लाख ७७ हजार नयाँ संक्रमित भेटिएका थिए । ओरेगन र मिशिगनमा संक्रमण निकै तीब्र गतिमा फैलिरहेको छ । यसलाई मध्यनजर गर्दै केही प्रतिबन्ध पनि लगाइएको छ । अमेरिकामा १० राजयमा संक्रमणको खतरा अत्यधिक छ ।

दक्षिण कोरिया सतर्कः

दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले देशमा संक्रमणको तेस्रो लहर देखिएको बताएको छ । लगातार आठौँ दिन यहाँ २०८ संक्रमित भेटिएका छन् । सरकारले तेस्रो लहर रोक्नका लागि कडा कदम उठाइने संकेत दिएको छ । जनवरीदेखि मार्चबीच यहाँ पहिलो लहर थियो । जूनदेखि अगस्टको बीचमा दोस्रो लहर थियो भने अब अहिले तेस्रो लहर देखिएको छ । स्वास्थ्य मन्त्रालयले संक्रमणको मुख्य कारण विदेशबाट आउने मानिसहरु भएको बताएको छ । शनिबार दर्ता गरिएको २०८ मध्ये १७६ संक्रमित विदेशबाट आएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप