शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खड्ग पाय : जात्रा पुस्तक विमोचित

आइतबार, ३० कात्तिक २०७७, २१ : ४५
आइतबार, ३० कात्तिक २०७७

पत्रकार प्रशान्त मालीद्वारा लिखित पुस्तक ‘खड्ग पाय ः जात्रा’को आज विमोचन गरिएको छ । 

प्रतिनिधिसभाका सदस्य कृष्णलाल महर्जन, वाग्मती प्रदेशसभाका सदस्य शोभा शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले आज ललितपुरमा आयोजित कार्यक्रममा पुस्तकको वमोचन गरे ।

परापूर्वकालदेखिको खड्ग पायः जात्रा २०५२ सालमा बन्द भएको थियो । तेइस वर्षपछि उक्त जात्रा २०७५ सालमा पुनः मनाउन थालिएको हो । लामो समय बन्द रहेको जात्रा पुनः सञ्चालनमा भएको कठिनाइ तथा उक्त जात्राको महत्वको बारेमा पुस्तक केन्द्रित छ । 

कान्तिपुर दैनिकका पत्रकार मालीले ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा सात वर्ष लगाएर पुस्तक प्रकाशन गरेको जानकारी दिए ।

पाया ः जात्रा सत्ययुगमा महादुर्गा भवानीले महिषशुरको बध गरी मानव जातिलाई दानवको कुकृत्यबाट मुक्त दिलाएको विजयोत्सवका रुपमा मनाइएको विश्वास गरिँदै आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप