शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमानः हल्का वर्षा र हिमपातको सम्भावना

सोमबार, ०१ मङ्सिर २०७७, ०७ : ०७
सोमबार, ०१ मङ्सिर २०७७

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको जनाएको छ ।

महाशाखाले हाल नेपालमा बाग्मती प्रदेश र पश्चिमका प्रदेशहरुमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।
 
हालको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश , गण्डकी प्रदेश र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा र हिमपात भईरहेको र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली हुनुका साथै बाँकि भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । 

यसैगरी, आज दिउँसो देशभर आंशिक  देखि सामान्य बदली रहनेछ । 

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का बर्षाको सम्भावना छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रहि सुदूरपश्चिम र कर्णाली प्रदेशको १/२ स्थानहरु लगायत गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानमा हल्का बर्षाको सम्भावना छ । 

साथै, देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप