मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मोडेर्नाले तयार पारेको कोरोना विरूद्धको खोप करिब ९५ प्रतिशत प्रभावकारी भएको दावी

सोमबार, ०१ मङ्सिर २०७७, २० : १२
सोमबार, ०१ मङ्सिर २०७७

अमेरिकी कम्पनी मोडेर्नाले तयार पारेको कोरोना विरूद्धको भ्याक्सिन झण्डै ९५ प्रतिशत प्रभावकारी देखिएको दावी गरिएको छ ।

यसको नतिजा यसअघि जर्मन कम्पनी फाइजरको भन्दा बढी प्रभावकारी देखिएको बीबीसीले जनाएको छ । यसअघि फाइजरले तयार गरेको भ्याक्सिन झण्ढै ९० प्रतिशत प्रभावकारी देखिएको बताइएको थियो । 

मोडेर्नाले जारी गरेको विज्ञप्तिमा प्रारम्भिक तथ्यांकको आधारमा खोपको नतिजा ९४.५ प्रतिशत प्रभावकारी देखिएको दावी गरिएको छ । 

यसअघि फाइजर र अहिले मोडेर्नाको नतिजाबाट विश्व समूदायमा कोरोना विरुद्ध लड्न नयाँ आशा थपिएको छ । मोडेर्नाको खोप अमेरिकामा ३० हजार मानिसमा परीक्षण गरिएको थियो भने यसमा विभिन्न प्रक्रिया र चरण रहेका थिए ।
स्रोत बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप