शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

त्यो परेवा जुन २२ करोड रुपैयाँभन्दा बढीमा खरिद गरियो

मङ्गलबार, ०२ मङ्सिर २०७७, ०७ : ११
मङ्गलबार, ०२ मङ्सिर २०७७

बेल्जियमको एक रेस परेवा सर्वाधिक १९ लाख डलरमा बिक्रि भएको छ । यो दुई वर्षको पोथी परेवाको नाम न्यू किम हो ।

सुरुमा यसलाई २३७ डलरमा लिलामीमा राखिएको थियो तर चीनका एक व्यक्तिले यसलाई १९ लाख डलरमा खरिद गरे र

नेपाली मुद्रामा यो रकम २२ करोड ५९ लाख रुपैयाँभन्दा पनि बढी हुन्छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यो परेवा पाल्ने कुर्त वाउवरले खबर सुनेर उनी र उनको परिवार अचम्ममा परेको बताए ।

यसअघि एक चार वर्षको भाले परेवा १४ लाख डलरमा बिक्रि भएको थियो ।

+3रेसिङ च्याम्पियन परेवाः

अरमान्डो नामको रेसिङ च्याम्पियन परेवालाई परेवाको लुईस हेमिल्टन पनि भनिन्छ । यसले अवकाश पाएपछि सन् २०१९ मा यसलाई बेचिएको थियो ।

यस्तै, न्यू किमले सन् २०१८ मा थुप्रै प्रतिस्पर्धा जितेका छ जसमा नेशनल मिडल डिस्टेन्स रेस पनि समावेश छ । त्यसपछि न्यू किम पनि रिटायर भयो ।

पछिल्ला केही वर्षमा चीनमा परेवाको रेस निकै लोकप्रिय भइरहेको छ ।

अरमान्डोजस्तै न्यू किम खरिद गर्नका लागि दुई चिनियाँ खरिददारले धेरैभन्दा धेरै बोली लगाइरहेका थिए ।

रेसिङ परेवाले १० वर्षको उमेरसम्म बच्चा पैदा गर्नसक्छ ।

यस्तो लाग्छ कि न्यू किमलाई पनि उसको प्रजननका लागि प्रयोग गरिनेछ ।

तर लिलामी  गर्नेहरुका अनुसार यसैकारण यो लिलामी थप असाधारण हुने गर्छ ।

लिलामी गर्ने संस्था पीपाका कार्यकारी अधिकारी निकोलासाले रोयटर्सलाई भने, ‘यो रेकर्ड मूल्य अविश्वसनीय छ किनभने यो एक पोथी परेवा हो । धेरैजसो भाले परेवाको मूल्य बढी हुन्छ किनभने यसले बढी बच्चा पैदा गर्नसक्छ ।

निकोलासका अनुसार बेल्जियममा लगभग २० हजार परेवा पालक छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप