शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा ६ दिनभित्र १० लाख संक्रमित, पहिलो १० लाख संक्रमित भेटिन लागेको थियो १०० दिन

मङ्गलबार, ०२ मङ्सिर २०७७, १२ : ०१
मङ्गलबार, ०२ मङ्सिर २०७७

संसारभरी कोरोना बिरामीको आँकडा ५ करोड ५३ लाख नाघेको छ । ३ करोड ८४ लाख संक्रमित निको भइसकेका छन् भने हालसम्म १३ लाख ३१ हजार बढीले ज्यान गुमाइसकेका छन् । यो आँकडा वर्ल्डोमिटर्स अनुसार हो ।

अमेरिकमा हरेक दिन एक लाखभन्दा बढी संक्रमित भेटिएका छन् । यसैबीच राष्ट्रपति निर्वाचित जो बाइडेनले मोडर्ना कम्पनीको भ्याक्सिनको दाबीमा खुसी जताएका छन् । यद्यपि, उनले अमेरिकामा कोरोनाका कारण थप व्यक्तिको मृत्यु हुनसक्ने बताए ।

अमेरिकामा ६ दिनमा भेटिए १० लाख संक्रमितः

अमेरिकामा संक्रमितको आँकडा आइतबार १ करोड १० लाख नाघेको छ । अन्तिम १० लाख संक्रमित त ६ दिनभित्र भेटिएका थिए । जबकि पहिलो १० लाख संक्रमित हुन १०० दिन लागेको थियो । १ करोडबाट १ करोड १० लाख संक्रमित हुन हप्तादिन पनि लागेन । यतिमात्रै होइन, अस्पताल भर्ना हुने बिरामीको संख्यामा पनि तीब्र वृद्धि भइरहेको छ ।

 राज्य सरकारले अहिले पनि कडा नियम लागू गरिरहेको छ । नर्थ डाकोटामा मास्क लगाउन अनिवार्य गरिएको छ । मिशिगनमा कलेज, हाइस्कूल र अफिसलाई तीन हप्ताका लागि बन्द गरिएको छ । वासिङ्टनमा अरुको घरमा जान प्रतिबन्ध लगाइएको छ । रेष्टुरेन्ट र बार पनि बन्द हुनेछन् । ह्वाइट हाउसका कोरोनाभाइरस एड्भाइजर स्कट एटलसले मानिसहरुलाई नयाँ निर्देशिका पालना गर्न आग्रह गरेका छन् ।

कोरोना प्रभावित शीर्ष १० देशको स्थितीः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप