बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

११ वर्षकी प्रेमिकालाई लिएर घरबाट भागे १४ वर्षका किशोर, गरे १९०० किमि यात्रा

मङ्गलबार, ०२ मङ्सिर २०७७, १३ : ३५
मङ्गलबार, ०२ मङ्सिर २०७७

एक १४ वर्षका किशोरले आफ्नी ११ वर्षीया प्रेमिकालाई पिताको मिनिभ्यान चोरेर घरबाट भागेका छन् । यी दुईलाई घरभन्दा १९ सय किलोमिटर पर भेटियो ।

१४ वर्षका केभिन फिगिउरोसलाई अत्यधिक गतीमा गाडी चलाएको भनेर प्रहरीले पक्राउ गरेको छ । उनलाई घरबाट निस्किएको तीन दिनपछि प्रहरीले भेटेको हो ।

इन्डिपेन्डेन्टमा प्रकाशित समाचार अनुसार ती किशोर र अमाया अर्ग्यूलिस अमेरिकाको ब्रुकलिनमा रहेको आफ्नो घरबाट बिहिबारदेखि हराएका थिए । यी दुईलाई प्रहरीले आइतबार आयोवामा भेटेका हुन् । अब यी दुईलाई न्यूयोर्क लैजाने तयारी गरिँदैछ ।

प्रहरीका अनुसार ती किशोरले १५० किमी प्रति घण्टाको गतीमा कार चलाएका थिए जबकि उक्त सडकमा अधिकतम गती १०४ किमि प्रति घण्टा थियो ।

ती किशोर घरबाट किन भागे भन्ने कुराको कुनै स्पष्ट जानकारी भने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप