शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कृष्णासँग अहिलेसम्म पनि रिसाएका छन् गोबिन्दा ? कपिल शर्मा शोमा भाञ्जाबारे यसो भने

मङ्गलबार, ०२ मङ्सिर २०७७, १४ : ०५
मङ्गलबार, ०२ मङ्सिर २०७७

बलिउडका चर्चित मामा भाञ्जा गोबिन्दा र कृष्णाको जोडीमा कसैको नजर लागेको छ । लामो समयदेखि यी दुईबीच विवाद चलिरहेको छ । कफि शर्मा शोको दिवाली विशेष कार्यक्रममा गोबिन्दा पाहुना बनेर पुगेका थिए । यो कार्यक्रमबाट कृष्णा गायब थिए ।

कार्यक्रमका बेला एकपटक पुनः गोबिन्दाको कृष्णा अभिषेकको विषयमा कटाक्ष देखियो । खासमा भएको के थियो भने कार्यक्रमको एक भागमा चन्दू चायवाला (चन्दन प्रभाकर) र भूरी (सुमोना चक्रवर्ती) को प्रस्तुती थियो । सञ्चालक कपिल शर्माले उनीहरुलाई कामचोर कलाकार भनेर परिचय दिए ।

चन्दूले गोबिन्दालाई आफूले कपिललाई प्रेरित गरेको र आफैंले उनलाई अमृतसरबाट मुम्बई लिएर आएको र अहिले कपिललको आफ्नै कार्यक्रम भएको बताए । त्यसपछि गोबिन्दाले जे भने त्यसलाई कृष्णा अभिषेकमाथि गरिएको टिप्पणी मानिएको छ ।

गोबिन्दाले तुरुन्त जवाफ दिँदै भने, ‘तिमीलाई काम दिन्छन् दिँदैनन् तर तिम्रो भाञ्जालाई भने पक्कै दिनेछन् । ’ यसमा गोबिन्दाले कसैको पनि नाम लिएका छैनन् तर गोबिन्दाले कृष्णालाई नै इंगित गरेर यसो भनेको धेरैले अनुमान गरेका छन् ।

स्मरण रहोस्, गोबिन्दा र कृष्णाबीच सन् २०१८ मा तनाव पैदा भएको थियो । त्यतिबेला देखि यी दुईबीच कटाक्ष चलिरहेका ेछ । हालै बम्बे टाइम्ससँगको कुराकानीमा कृष्णाले मामा गोबिन्दासँग कुराकानी मिलोस् भन्ने इच्छा जताएका थिए । उनका अनुसार यो काम कपिल शर्माबाहेक अरु कसैले पनि गर्न सक्दैन ।

कृष्णाले भनेका थिए, ‘अब कपिलले मात्रै हामीबीचको विवाद सुल्झाउन सक्छन् । जब मामा अर्कोपटक कार्यक्रममा आउनुहुन्छ तब स्टेजमा मलाई बोलाइयोस् र सबैको अगाडि कुरा मिलाउन भनियोस् । यद्यफि हामी यति छिटो सेलिब्रिटीलाई कार्यक्रममा दोहोराउँदैनौं । तर मलाई यो सन् २०२१ मा सम्भव छ जस्तो लाग्छ ।’

कमेडी शोको दिवाली एपिसोडमा गोबिन्दाको उपस्थिती थियो, यसबाट अलग हुनुको कारणबारे खुलाउँदै कृष्णाले भनेका थिए, ‘मामा कार्यक्रममा आउन लागेको कुरा मलाई १० दिन अघि नै थाहा थियो । सुनिता माइजु मामासँग नआउने भएकोले टिमलाई लाग्यो कि मलाई आफ्नो प्रस्तुती दिन कुनै समस्या हुनेछैन ।’

कृष्णा थप्छन्, ‘गत वर्ष सुनिता माइजुले म उहाँको अघि प्रस्तुती दिउँ भन्ने चाहनुभएको थिएन । तर यसपटक यो मेरो निर्णय थियो । जब दुई व्यक्तिबीच सम्बन्ध खराब हुन्छ भने यस्तो स्थितीमा कमेडी गर्न मुश्किल हुन्छ ।’

‘मामालाई मैले गरेको ठट्टा मन नपर्न पनि सक्थ्यो । राम्रो कमेडीका लागि सेटको माहौल राम्रो हुनुपर्छ । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप