चन्द्रागिरीबाट ४ जना जुवाडे पक्राउ
मङ्गलबार, ०२ मङ्सिर २०७७, १५ : ०३
काठमाडौँ । काठमाडौँको चन्द्रागिरीबाट चार जना जुवाडे नगदसहित पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–५, दूरसञ्चारस्थित एक ग्यारेजमा जुवा खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्रेको हो । जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा ग्यारेजमा गएको टोलीले चार जनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) घनश्याम श्रेष्ठले बताए ।
डीएसपी श्रेष्ठका अनुसार पक्राउ पर्नेहरुमा सोलुखुम्बु घर भइ गोकर्णेश्वर बस्ने कृष्ण परियार, धादिङ घर भइ चन्द्रागिरि बस्ने रत्नबहादुर तामाङ, प्रेमबहादुर तामाङ र चन्द्रागिरि–१५ का निरनकुमार प्रधान छन् । उनीहरुको साथबाट २ लाख ४७ हजार ८ सय ५० रुपैयाँ बरामद भएको डएिसपी श्रेष्ठले बताए । पक्राउ परेका उनीहरुविरुद्ध जुवा ऐन अन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको फोहोर व्यवस्थापनमा कोइकाले १० मिलियन डलर दिने
-
अमेरिकाद्वारा इजरायल र युक्रेनका लागि अर्बौँको सहयोग स्वीकृत
-
‘महाजात्रा’ र डिग्री माइला’ले दर्शक तानिरहेका बेला आउन लागेका तीन फिल्म
-
लाजियोसँग हारे पनि युभेन्ट्स इटालियन कपको फाइनलमा
-
आईक्यूब इलेक्ट्रिक स्कुटरमा लाइफ टाइम ब्याट्री अस्योरेन्स, मूल्य २ लाख ९९ हजार
-
नोट १३ सिरिजका नयाँ वर्ष अफर अझै जारी