शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुटवलमा जुवा खेलिरहेका ६ जना पक्राउ, ६ लाख रुपैयाँ बरामद

मङ्गलबार, ०२ मङ्सिर २०७७, १५ : ०७
मङ्गलबार, ०२ मङ्सिर २०७७

काठमाडौँ । ६ लाख रुपैयाँ नगदसहित जुवा खेल्ने ६ जनालाई प्रहरीले सोमबार साँझ रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ माझगाउँस्थित एक होटलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बुटवल–४ बस्ने होम क्षेत्री, बुटवल–११ का राजेश रसाईली, धीरज प्रधान, कुशल थापा, आकाश खत्री र बुटवल–९ का संविधान खत्री रहेको रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता खड्कबहादुर खत्रीले बताए ।

होटल होन्डामा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा होटलमा छापा मार्दा ६ जना पक्राउ परेको खत्रीले जानकारी दिए । उक्त होटलमा संगठित ढंगले जुवा सञ्चालन भइरहेको सूचना प्रहरीलाई एक साताअघि आएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप