बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

२५ लागिन् साम्राज्ञी

मङ्गलबार, ०२ मङ्सिर २०७७, १६ : १५
मङ्गलबार, ०२ मङ्सिर २०७७

काठमाडौं । पछिल्लो समयको चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको आज जन्मदिन परेको छ । २०५२ मंसिर २ गते काठमाडौंमा मोडल महेशबिक्रम शाह र गायिका नेहा राज्यलक्ष्मी शाहको सन्तानको रुपमा जन्मिएकी उनी आज २५ औं जन्मदिन मनाउँदैछिन् ।

नेपाली फिल्म क्षेत्रमा भुवन केसी निर्मित ‘ड्रिम्स’बाट अभिनय सुरु गरेकी शाहलाई पहिलो फिल्मबाटै सफलता हात पर्यो । त्यसपछि ‘ए मेरो हजुर २’ अभिनय गरेकी उनले त्यसपछि पछाडी फर्किएर हेर्नुपरेको छैन । यो लकडाउनको समय पनि उनले तीन फिल्म साइन् गरेकी छन् ।

अहिलेसम्म ‘तिमी सँग’, ‘कायर’, ‘रातो टिका निधारमा’, ‘मारुनी’, ‘इन्टु मिन्टु लण्डनमा’ अभिनय गरेकी उनी केही अगाडि अभिनेता भुवन केसीसँग बिवादमा समेत फसेकी थिइन् । शाहको प्रेम, ट्याटु र केही अभिव्यक्ति समेत  चर्चाको बिषय बनेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप