बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा एकै दिनमा ५९८ को मृत्यु

बुधबार, ०३ मङ्सिर २०७७, ०७ : ०३
बुधबार, ०३ मङ्सिर २०७७

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या छ सयको हाराहारीमा पुगेको छ ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ५९८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमणको दोस्रो लहरपछि एकैदिन यत्तिका धेरै मृत्यु भएको यो नै पहिलो हो । यो संख्या गत मे पछिकै सबै भन्दा बढी हो । हालसम्म कोरोनाका कारण बेलायतमा ५२ हजार ७४५ जनाको ज्यान गैसकेको स्वास्थ्य विभागले जनाएको छ ।

यसैगरी २४ घण्टाभित्र २० हजार ५१  जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै बेलायतमा कोरोना संक्रमित हुनेको कुल संख्या १४ लाख १० हजार ७३२ जना पुगेको छ । कोरोना संक्रमणका कारण हस्पिटल भर्ना हुनेको संख्या पनि  निरन्तर बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा एक हजार ६०१  जना कोरोना संक्रमित हस्पिटल भर्ना भएको मन्त्रालयले जनाएको छ । हाल एक हजार ३९१ जनालाई उपचारार्थ ‘भेन्टिलेटर बेड’ मा राखिएको छ । हस्पिटलमा उपचार गराइराखेका कोरोना संक्रमितको संख्या १५ हजार ८३० पुगेको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप