घोराहीबाट २ लाख ६८ हजार नगदसहित ७ जुवाडे पक्राउ
बुधबार, ०३ मङ्सिर २०७७, १७ : ४१
काठमाडौं । प्रहरीले दाङको घोराहीबाट २ लाख ६८ हजार नगदसहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ । वुधवार बिहान ३ बजे घोराही उप–महागनरपालिका–१६ मुनाटोलका पूर्णराज भण्डारी उर्फ गोपालको घरमा छापा मारेर नगदसहित जुवा खेल्नेहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा घोराही–१६ बस्ने तेजप्रसाद गिरी, डम्बर डिसी, प्रेमराज भण्डारीउर्फ शिवराज र २८ वर्षीय विवेक भण्डारी छन् । त्यस्तै, घोराही १७ का ३४ बर्षीय किशोर बुढा मगर र २७ बर्षीय अजय भुसाल पनि जुवाको खालबाट पक्राउ परेका छन् ।
भण्डारीको घरमा जुवा खेलिरहेको सुराकको आधारमा प्रहरीले छापा मारेको थियो । जुवा खेल्नेहरुको साथबाट ६ गड्डी तास बरामद गरिएको छ । पक्राउ गरिएकालाई प्रहरीले जुवा ऐनमा मुद्दा चलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
विद्यालय समयमा अन्यत्र काम गर्ने शिक्षकलाई कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी
-
राप्रपाका पूर्वकेन्द्रीय सदस्य बलबहादुर केसीको निधन
-
दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
औलोका ८० प्रतिशत बिरामी भारतबाट भित्रिन्छन्
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन