बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड अस्पतालले निःशुल्क परीक्षण र उपचार नगरेको गुनासो

बिहीबार, ०४ मङ्सिर २०७७, १२ : २३
बिहीबार, ०४ मङ्सिर २०७७

कोरोनाभाइरस (कोभिड—१९) को लक्षण देखिएका व्यक्तिहरुको निःशुुल्क परीक्षण र उपचार गर्न स्वास्थ्य तथा जससंख्या मन्त्रालयले निर्देशन दिएपनि कतिपय अस्पतालहरुले अटेरी गरेको पाइएको छ । ‘कोभिड अस्पतालहरुले कोरोना भाइरस कोभिड—१९ संक्रमणको उपचार बापत अस्पतालहरुलाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश, २०७७’ पारिमार्जन गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड उपचारका लागि सूचीकृत अस्पतालहरुलाई कोभिडको लक्षण वा चिन्न देखिएका व्यक्तिहरुको परीक्षण  र उपचार निःशुल्क गर्न भने पनि केही अस्पतालहरुले सरकारको आदेशलाई पालना गरेको जनगुनासो आएको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए । 

यस्तै कोरोना बीमा गरेकाहरुको हकमा बीमा रकमबाट योगदान गर्न चाहनेले योगदान गर्न सक्ने भनेर परिपत्र गरे पनि केही अस्पतालहरुले यस अनुसार पनि नगरेको पाइएको उनले बताए । सम्बन्धित सबै अस्पतालहरुलाई निःशुल्क उपचार गर्न मन्त्रालयले निर्देशन दिनुका साथै नियम अनुसार निःशुल्क उपचार गर्ने अस्पतालहरुलाई शोधभर्ना रकम उपलब्ध गराइने उनले बताए । 

नियम विपरित गर्ने अस्पताललाई कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप