बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रेडक्रसद्वारा सरकारलाई भेन्टिलेटर सहयोग

बिहीबार, ०४ मङ्सिर २०७७, १५ : ४९
बिहीबार, ०४ मङ्सिर २०७७

नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकारलाई सात वटा भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको छ । रेडक्रसले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सात वटा भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको हो ।

 बिहीबार रेडक्रसकी उपाध्यक्ष सर्मिला कार्कीको नेतृत्वमा मन्त्रालयमा पुगेको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सहयोग स्वरुप भेन्टिलेटर उपलब्ध गराएको हो । रेडक्रसले सात वटै प्रदेशलाई एक÷एक वटा वितरण गर्ने गरी सातवटा भेन्टिलेर उपलब्ध गराएको हो ।

भेन्टिलेटर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले रेडक्रसले गरेको सहयोगले संक्रमित बिरामीहरुको उपचारका लागि महत्वपूर्ण हुने बताए । यस्तै उपलब्ध भेन्टिलेटरहरु सात वटै प्रदेशका सबैभन्दा धेरै विरामी आउने अस्पतालमा उपलब्ध गराउने प्रतिवद्धता समेत मन्त्री ढकालले व्यक्त गरे । 

रेडक्रसले उपलब्ध गराएको भेन्टिलेटर मध्ये एकवटा भेन्टिलेटर बागमती प्रदेश अन्तर्गत काठमाडौंमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आजै उपलब्ध गराइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यसअघि भारतीय सरकारले २८ वटा भेन्टिलेटर र अमेरिकी सरकारले एक सय वटा भेन्टिलेटर उपलब्ध गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप