बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

इन्द्रसरोवरमा जलयात्राको आनन्द, तस्विरमा हेर्नुहोस्

शुक्रबार, ०५ मङ्सिर २०७७, ०७ : ४१
शुक्रबार, ०५ मङ्सिर २०७७

इन्द्रसरोवर गाउँपालिकामा अवस्थित ७ किमि लामो मानवनिर्मित इन्द्रसरोवर जलासय पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । मार्खु र कुलेखानीबीचको गहिरो भागमा बाँध बाधेर सुरुङ्गबाट भीमफेदी ल्याई जलासयको पानीबाट जलविधुत उत्पादन गरिएको छ ।

जलासयमा जलविहार गर्न सक्ने व्यवस्था भएको छ । त्यही भएर जलाशय हेर्न तथा घुम्न आउने आन्तरिक पर्यटक बढ्दै गएका छन् । यो क्षेत्र माछा पालनको लागि पनि प्रसिद्ध छ । काठमाडौंबाट मोटरसाइकल वा गाडीमा करिब दुई घन्टामा नै पुग्न सकिने भएका हुनाले जलयात्रा तथा पिक्निकका लागि धेरै जना त्यहाँ पुग्ने गरेका छन् ।

मार्खु र कुलेखानी गाविस अन्तर्गत गहिरो खोंचमा बाँध बाँधेर नदीनालाको पानी सङ्कलन गरी सञ्चालन भएको कुलेखानी जलविद्युत परियोजनाको जलाशय आफैमा एक नौलो नमुना हो । ७ किमि क्षेत्रफलमा फैलिएको मानव निर्मित इन्द्रसरोवर एसियामा नै पहिलो मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप