बागमती प्रदेशमा होम आइसोलेशनमा बस्ने संक्रमित बढे
बागमती प्रदेशमा होम आइसोलेशनमा बस्ने कोरोनाभाइरस कोभिड—१९ संक्रमित सबैभन्दा बढि रहेको पाइएको छ । बागमती प्रदेशमा १६ हजार ८ सय ९८ जना होम आइसोलेशनमा बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश १ को होम आइसोलेशनमा २ हजार ९ सय ५४ जना बसेका छन् भने प्रदेश २ मा होम आइसोलेशनमा बस्नेको संख्या ६ सय ५९, जना रहेको छ । यस्तै गण्डकी प्रदेशमा १ हजार ८ सय ९३ जना रहेका छन् । लुम्बिनी प्रदेशमा १ हजार ८ सय २६ होम आइसोलेशनमा बसका छन् भने कर्णाली प्रदेशमा १ सय ९४ जना होम आइसोलेशनमा रहेका छन् ।
र सुदूरपश्चिम प्रदेशमा ९ सय २३ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर २५ हजारभन्दा बढी कोरोना संक्रमित होम आइसोलेशनमा रहेका छन् । हालसम्म २८ हजार १ सय ६ जना संक्रिय संक्रमित मध्ये २५ हजार ३ सय ४७ जना होम आइसोलेशनमा बसको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी