कपिल शर्मा दोस्रो पटक बुवा बन्दै
शुक्रबार, ०५ मङ्सिर २०७७, १३ : ५८
भारतका चर्चित हास्यकलाकार कपिल शर्माको परिवारमा दोस्रो सन्तानको जन्म हुँदैछ । भारतीय सञ्चार माध्यम आजतकका अनुसार कपिलकी श्रीमती दोस्रो पटक गर्भवती छिन् र २०२१ जनवरीमा उनको ड्यू डेट छ । जानकारीका अनुसार कपिलकी आमा मुम्बई पुगिसकेकी छिन् र चाँडै नै उनको बाँकी परिवार पनि मुम्बई आउने तयारीमा छन् ।
करवाचौथको दिन कपिलकी साथी भारती सिंह इन्स्टाग्राममा लाइभ आएकी थिइन् । लाइभ स्ट्रिमको अन्त्यमा केही बेरका लागि गिन्नी पनि देखिएकी थिइन् । त्यतिबेला उनको बेबी बम्प स्पष्ट रुपमा देखिएको थियो ।
कपिल र गिन्नीको अनायरा नामकी छोरी पनि छिन् । अनायरा डिसेम्बरमा एक वर्ष हुँदैछिन् ।
अनायराको जन्म डिसेम्बर १० मा भएको थियो । १२ डिसेम्बरमा कपिल शर्मा र गिन्नी चतरथले आफ्नो विवाहको दोस्रो वर्षगाँठ मनाउँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै